मुख्य समाचार

वर्ड भिजनमाथि जनकारबाही

काठमाडौं, ३० जेठ । नेकपा माओवादीले गएराती नुवाकोटमा रहेको अन्तराष्र्टिय संस्था वर्ड भिजनको कार्यालयमा आगजनी गरेको छ । आगजनीबाट वर्ड भिजनको कार्यालयमा क्षति पुगेको छ भने एउटा गाडी जलेर नष्ट भएको छ । मध्यराती माओवादीका कार्याकर्ताहरुले विदुर–४ बट्टार बजारस्थित कार्यालय रहेको घरभित्र पसेर संस्थाको बा १३ च २४३६ नंबरको गाडीमा आगो लगाइदिएका हुन् । उक्त […]

२०७३ जेष्ठ ३० गते, आईतवार

एनसेलमाथि जनकारबाही सुरु

काठमाडौं, २९ जेठ । राज्यलाई कर तिर्न अटेर गर्दै आइरहेको नीजि क्षेत्रको मोवाइल फोन सेवा प्रदायक कम्पनी एनसेलमाथि जनकारबाही सुरु भएको छ । यसै क्रममा गोरखाको अश्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावर र मोरङको याङसिला, धनकुटाको उत्तरी क्षेत्रमा रहेका टावरमा आगजनी गरी ध्वस्त पारिएको छ । उपभोक्तासँग लुट मच्चाएर राज्यलाई कर नतिरेको भन्दै एनसेलको […]

२०७३ जेष्ठ २९ गते, शनिबार

माओवादीले सडक संघर्ष चर्काउने

काठमाडौं, २९ जेठ । नेकपा माओवादीले आगामी असार ७ गते देश भरिका जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने र १६ गते सिंहदरवार घेराउ गर्ने भएको छ । देशमा पछिल्लो समय विकराल रुपमा बढ्दै गएको भ्रष्टाचार, महंगी र कालोबजारीको विरुद्दमा माओवादीले देश भरिका जिल्ला प्रशासन कार्यलय र सिंहदरवार घेराउको कार्यक्रम राखेको उसले बताएको छ । जेठ २७ […]

२०७३ जेष्ठ २९ गते, शनिबार

देउवा र महराको एकै स्वर

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका महासचिव कृष्णबहादुर महराले एकै मञ्चबाट एकै बोली बोलेका छन । उनीहरुले एकै स्वरमा सरकारको आलोचना गरेका छन् ।देउवा र महराले एकै मञ्चबाट गोलीभन्दा बोली शक्तिशाली रहेको अनुभवसमेत बाँडेका छन । कांग्रेस सभापति देउवाले गोलीभन्दा बोली शक्तिशाली भएकाले माओवादीहरु दश बर्षे हिंसात्मक बाटो […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

राष्ट्रिय सहमति चाहियो : प्रचण्ड

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । राजनीतिक सहमतिबाट मधेसी, आदिवासी, जनजाति र थारुको माग संविधान संशोधन गरी समाधान गर्नुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जसको नेतृत्वमा राष्ट्रिय सहमति […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

बन्द पूर्णरुपमा सफल : विप्लव (विज्ञप्ति सहित)

काठमाडौं २७ जेठ । नेकपा माओवादीका महासचिव विप्लवले आजको बन्द सान्दार तरिकाले सफल भएको बताएका छन् । विप्लवले अाेली सरकारले जनतामाथि दमन चलाएर दुश्साहस गरेकाे भन्दै त्यसले जनताकाे अान्दाेलनलार्इ झन् बल पुर्याउने बताएका छन् । अाजको नेपालबन्दपछि एक विज्ञेप्ती निकाल्दै महासचिव विप्लवले सत्ता र सरकारकाे दमनले उनै शासकहरूकाे अन्त्यकाे कारण बन्ने भन्न पुगेकाे बताएका छन् […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

राज्यको बन्दुक र दमनको भाषा बिरुद्ध आज नेपाल बन्द : प्रकाण्ड

काठमाडौं २७ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राज्यले बन्दुक र दमनको भाषा बोलिरहेकाले आज नेपाल बन्द गरिएको बताएका छन । सरकारले नियोजितरुपमा युद्ध थोपर्ने कोसिस गरिए आफुहरुपनि त्याही तरिकाले सोच्न बाद्य हुने उनले बताए । माओवादीले जनयुद्धकालिन मुद्धामा आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द आह्वान गरेको छ । प्रवक्ता प्रकाण्डले विगतमा संगै […]

२०७३ जेष्ठ २७ गते, बिहीबार

आज नेपाल बन्द , नीजि तथा सार्वजिनक सवारी ठप्प

काठमाडौं, २७ जेठ । नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकता रिहाइको माग गर्दै आज नेपाल बन्द गरेको छ । आज विहानैदेखि काठमाडौँ उपत्यका सहित देशभर बन्दको प्रभाव परेको छ। बन्दको कारण विहानैदेखि नीजि तथा सार्वजिनक सवारी साधन ठप्प रहेका छन । बन्दका कारण लामो तथा छोटो यात्राका सवारीसाधन चल्न सकेका छैनन् । माअाेवादीले झापा जिल्ला […]

२०७३ जेष्ठ २७ गते, बिहीबार

नेपाल बन्दको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली

काठमाडौं, २६ जेठ । नेकपा माओवादीले भोलि जेठ २७ गतेको लागि घोषित नेपाल बन्दको पूर्वासन्ध्यामा आज काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ । भोलिका लागि घोषित नेपाल बन्द सफल पार्न मोटरसाइकल र्यालीको आयोजना गरिएको माओवादीलीले जनाएको छ । र्याली कोटेश्वर तीनकुनेबाट शुरु भएको मोटरसाइकल र्याली कोटेश्वर हुदै ललितपुरको सात दोबाटो,कुपण्डोल हुँदै रत्नपार्कस्थित शान्तिबाटिका पुगेर कोण […]

२०७३ जेष्ठ २६ गते, बुधबार

भोलिको नेपाल बन्द बिशेष हुने माओवादीको दावी

काठमाडौँ, २६ जेठ । नेकपा माओवादीले जनकारबाहीमा तिब्रता ल्याए सगै भोलिको नेपाल बन्द बिशेष हुने बताएको छ । माअाेवादीले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारीलगायतका नेताकार्यकर्ताहरूकाे रिहाइकाे माग गर्दै भोलि नेपाल बन्दकाे कार्यक्रम राखेकाे बताएको छ । त्यसैगरी जुम्ला जिल्ला पार्टी सदस्य […]

२०७३ जेष्ठ २६ गते, बुधबार