आज नेपाल बन्द , नीजि तथा सार्वजिनक सवारी ठप्प

२०७३ जेष्ठ २७ गते, बिहीबार

काठमाडौं, २७ जेठ । नेकपा माओवादीले आफ्ना नेता तथा कार्यकता रिहाइको माग गर्दै आज नेपाल बन्द गरेको छ । आज विहानैदेखि काठमाडौँ उपत्यका सहित देशभर बन्दको प्रभाव परेको छ। बन्दको कारण विहानैदेखि नीजि तथा सार्वजिनक सवारी साधन ठप्प रहेका छन । बन्दका कारण लामो तथा छोटो यात्राका सवारीसाधन चल्न सकेका छैनन् । माअाेवादीले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारीलगायतका नेताकार्यकर्ताहरूकाे रिहाइकाे माग गर्दै आज नेपाल बन्दकाे कार्यक्रम राखेकाे बताएको छ । त्यसैगरी जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित बन्द कार्यक्रम राखेकाे बताइएकाे छ । यससंगै राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनैतिक अधिकार र जन जीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले आफ्नो पार्टीका नेता, कार्यक्रता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने फाँसिष्ट हर्कतहरु गरिराखेकाले नेपाल बन्द गर्नु परेको बताएको छ । बन्दका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प भएका छन भने निजी सवारी साधन साधन नगन्य मात्रामा चलेका छन् ।
यसैबीच बन्द आह्वानकर्ताले काठमाडौंको तीनकुनेमा एउटा ट्याक्सीमा आगजनी गरेका छन् । दुईजनाले बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् । आगजनीवाट ट्याक्सीमा क्षति पुगेको छ । यसैगरी आज बिहान कैलालीको लम्किमा बन्दको अबज्ञा गर्ने एउटा ट्रकमा बन्द आह्वानकर्ताले क्षति पुर्याएका छन ।
यसैबीच , प्रहरीले काठमाडौँ उपत्यका सहित देशको विभिन्न ठाउ वाट दर्जनौ माओवादीका नेता तथा कार्यकता पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रियाहरु