कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिईने

२०८१ बैशाख २२ गते, शनिबार


काठमाडौँ । ईपीएस मार्फत दक्षिण कोरियाले कोरिया भाषा परीक्षाका लागि मागको तीन गुणा मात्रै आवेदन लिने भएको छ । पछिल्लो समयमा ईपीएसमार्फत दक्षिण कोरिया जानेका लागि आवेदन भर्नेको सङ्ख्या धेरै भएको र परीक्षा सम्पन्न गर्न वर्ष दिन लाग्ने अवस्थालाई नियन्त्रण गर्न एचआरडी कोरियाले सीमा तोकेको ईपीएस शाखाले जनाएको छ ।

यस्तै सन् २०२५ देखि कोरियाले लैजाने सबै क्षेत्र सेक्टरका लागि एकै पटक आवेदन आह्वान गरिने छ । अहिले कोरियामा विभिन्न चार क्षेत्रमा काम गर्न नेपाली श्रमिक जाने गरेका छन । त्यसका लागि फरक फरक समयमा आवेदन आह्वान गर्ने गरिएको छ । यसले गर्दा कोरियन भाषा पढेर कोरिया जान तयार रहेकाहरूले सबै क्षेत्रमा आवेदन दिने गरेका छन् ।ईपीएस शाखाले सन् २०२५ देखि भने वर्षको एक पटक सबै क्षेत्रका लागि आवेदन आह्वान गर्ने र एउटा व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाउने व्यवस्था गर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु