भारी बोकेर S.L.C पास गर्नेको कथा – सन्तोष लिम्बु

२०७४ कार्तिक ४ गते, शनिबार

चाँगे उच्च माद्यमिक विद्यालय चाँगे-३ ताप्लेजुङ जहाँ मेलै चार बर्ष(छ देखि दस सम्म) पढेर एउटा ईतिहास कायम गरे भन्ने लाग्छ। जुन मेरो जिवनको एउटा महत्वपुर्ण घटना वा इतिहास त थियो नै साथै बिद्यालयको लागि एउटा अबिस्मरणीय घटना ईतिहास थियो र छ भन्ने पनि लाग्छ।२०५८ सालको प्रबेसिका परीक्षा (संकटकाल थियो राज्य पक्ष र तत्कालिन नेकपा,माअोबादी पक्ष बिचको भिणन्तका कारण)(S.L.C.)मा सायद ३५ जना सहभागिका मांझ मेलै मात्र(तत्कालिन समयमा माबि चलाउँन स्वीकृत नपाएको र निजि स्रोतबाट चलेको) चाँगे माबिको तर्फबाट नियमित परीक्षा उतिर्ण गरेको थिए।जवकि उक्त परिक्षामा स्वीकृत प्रात पुराना माबिहरु मैवा खोला माबि तेम्बे,ढुङगेसाँघु र सरसस्ती माबि हाङपाङले परिणाम शून्य ल्याएको वेला थियो वा निल खएको बेला थियो त्यो वा ती माबिका तर्फबाट कुनै नियमित विद्यार्थी उतिर्ण भएका थिएनन्।हुन त मेरो जनकारी अनुसार २०५८सालको प्रवेसिकामा ताप्लेजुङका ३० माबि मध्ये १४ माबिहरुले निल खाएका थिए जसमा ताप्लेजुङ जिल्ला भरिबाट ६१ जना बिद्यार्थी मात्र पास भएका थिए ।पास गर्ने बिद्यालयबाट पनि एक दुई एक दुई परिक्षार्थीले मात्र पास गरेका थिए ठिक त्यसै समयमा चाँगे माबिेको तर्फबाट मेलै पास गरे र निल जोगाए एउटा निजी स्रोतबाट चलेको माबिलाई। मैले खामलुङको दोभान हुँदै हाङपाङको सप्तमी सम्म चामल,नुन,चिनी,मल आदि चाँगे नेसुमबाट सदरमुकाम फुङलिङ सम्म अलैचीको भारी बोकेर खर्च जुटाइ त्यो प्रवेसिका परीक्षा पास गरेको थिए,मैले अभावसगँ,भोकसगँ,निन्द्रासग पौठेजोरी खैल्दै त्यो परीक्षा पास गरेको थिए।मेरो बुबा स्व. देवी प्र.सिरेङ चोङवाङ लिम्बु गाउँमा पुर्ब-शिक्षक र लेखन्दास भए पनि बिभित कारणले मलाई मेरो बुवाको सहगोग भएन त्यसैले बुबा अथवा परिवारको असहयोगमा मैले त्यो परीक्षा पास गरेको थिए। तर पनि तल्कालिन विद्यालय प्रशासन वा तत्कालिन हेडमास्टर मदन आङबुहाङले त्योे मेरो संघर्ष र माबिको निल जोगिएको ईतिहास बुझ्न चाहेन। मैले एक हजार(१000 जुन भारी बोकेर कमाएको थिए।) तिरेर school leaving certificate,SLC निकालेको थिए।कम्तिमा धन्यबाद वा सर्टिफिकेट फ्रि हुन सक्थ्यो भएन, मानौ मेले स्कुलको निल जोगाएको कुनै अर्थ र मूल्य छैन।हुन त मेरो गाबिस चाँगेका, छिमेकी गाबिसहरु हाङपाङ,ढुङगेसाँघु आदिका मलाई चिन्नु हुने इष्ट मित्र,बुबा-आमा दाजु-भाई दिदी-बहिनी साथि संगिहरुले मेरो संघर्षको ईतिहास सम्झेर सम्मान गर्छन्,कतिपयले त भरी बोकेर SLC पास गरेको आफ्ना सन्तानहरुलाई मेरो नाम जोडेर उदारण दिएको यस पालीको यात्रामा सुन्न पाए।लाग्छ,केही गर्न नपाएनी एउटा उदारणीय ब्यत्ति बन्ने मौका पाएको रहेछु यसलाई मेलै सम्मान महसुस गरेको छु।यति लेखिरहदाँ मेलै सम्मान खोजेको अर्थ नलागोस् साथै कसैलाई घोचेको अर्थ पनि नलागोस् म त यात्रा स्मरण गर्दै छु र एउटा तितो तर यथार्थ आफ्नै संघर्षको कथा अोकल्दै छु लेख्दै छु।
विद्यालय दशैको बिदाका कारण बन्द थियो। विद्यालयको बारेमा केही जानकारी लिने चाहा हुदाँ हुँदै मौका नपाए पनि प्रशासनको तर्फबाट मैले यो पाली तिलोक सरलाई भेटेको थिए।(उहाँले मलाई सामाजिक शिक्षा पढाउँनु हुन्थ्यो।)उहाँ ब्यास्त देखिन्नु हुन्थ्यो सायद पार्टसले बनाइ दिएको भबन बिद्यालयलाई तल्काल हस्तान्तरण गरिदै छ।र मैले उहाँसग खासै कुरा गरिन।है हेलो भयो अनि छुट्यौ।
साथै पुरानो म पढेको स्कुल भवनको आधि सम्रचना भत्काइएको रहेछ जुन इ आकारको थियो।पाटर्स र जिल्ला शिक्षाले दिएको बजेट अनुदानका कारण दुई पक्की भवन बनाइको र बनाइदै रहेछ।जुन बिकासे उपलब्धी हुन् र बिकासको लागि आवस्यक छ।
यसै संघर्षको जगमा मैले धरान -११मा स्कुल “धरान पिस एन्जल एकेडेमी”स्थापना गरेको छु।साथै “सिरेङ एग्रिकल्चर एण्ड लाइभ स्टक कम्पनी कृषि फर्म” र “मानव सचेतना तथा वातावरण संरक्षण केन्द्र “गैर-सहकारी संस्था अभ्यासमा चांडै ल्याउदै छु।
मास्टरस् सके अब एम.फिल. साथै पि.एच.डीको प्रकृयामा छु। साथै अहिले म जे छु त्यही संघर्षको जगमा छु नकि इश्वरीय वरदान। यो मेरो जीवन संघर्षको एउटा मुख्य तर सानो अंश हो।यस पालिको मेरो ताप्लेजुङ घुमघामको क्रममा लगभग पन्ध्र बर्ष पछि तेस्रो पल्ट त्यही स्कुल पुगे र फोटोहरु लिए।जसले पुराना संझनाहरु दिलाई रहेछ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु