राष्ट्रिय सहमति चाहियो : प्रचण्ड

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन । राजनीतिक सहमतिबाट मधेसी, आदिवासी, जनजाति र थारुको माग संविधान संशोधन गरी समाधान गर्नुपर्ने उनको भनाइ छ । प्रेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले जसको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ उसैको नेतृत्व स्विकार्न प्रमुख दल सहमत हुनुपर्ने बताए ।
आफ्नो पार्टी अहिले एउटा सरकार गिराउने र अर्को बनाउनेतिर नभएर राष्ट्रिय समझदारी बनाउनेतर्फ लागेको प्रचण्डको भनाइ छ । प्रादेशिक निर्वाचन र संघीय चुनाव भएर नयाँ प्रतिनिधिसभा नआउँदासम्म प्रमुख शक्तिहरु एक ठाउँमा बस्न आवश्यक रहेकोमा उनले जोड दिए । मधेसवादी दलले उठाएको संविधान पुनर्लेखन सम्भव नभए पनि राष्ट्रिय सहमति भए मधेसको समस्या सहज हुने टिप्पणी गर्दै प्रचण्डले मधेसवादी दलसँग सहमति हुने सम्भावना बढेको दावी गरे ।

प्रतिक्रियाहरु