माओवादीले सडक संघर्ष चर्काउने

२०७३ जेष्ठ २९ गते, शनिबार

काठमाडौं, २९ जेठ । नेकपा माओवादीले आगामी असार ७ गते देश भरिका जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने र १६ गते सिंहदरवार घेराउ गर्ने भएको छ । देशमा पछिल्लो समय विकराल रुपमा बढ्दै गएको भ्रष्टाचार, महंगी र कालोबजारीको विरुद्दमा माओवादीले देश भरिका जिल्ला प्रशासन कार्यलय र सिंहदरवार घेराउको कार्यक्रम राखेको उसले बताएको छ ।
जेठ २७ गते माओवादीले आयोजना गरेको बन्दमा सरकारी पक्षले आफ्ना १२ जना कार्यकर्ता अझै रिहा नगरेको भन्दै पक्राउ परेका कार्यकर्तालाई विनाशर्त रिहा गर्न उसले माग गरेको छ ।

प्रतिक्रियाहरु