मुख्य समाचार

माओवादीद्वारा संघर्षको शंखघोष

काठमाडौँ, १८ जेठ । नेकपा माओवादीले सडक संघर्षको संखघोष गरेको छ । सरकारले माओवादीका नेता, कार्यक्रता र समर्थकलाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने कार्य गरेपछि उसले सडक संघर्षको संखघोष गरेको हो । माओवादीले देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायतका बिषय समेट्दै सडक संघर्ष चर्काउने देखिएको छ […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

तत्काल सरकार परिवर्तन हुदैन

काठमाडौ, १८ जेठ । नेकपा एमालेका सचिव शंकर पोखरेलले तत्काल सरकार परिवर्तन नहुने धारणा सार्वजनिक गरेका छन । यसअघि एमाले र माओवादी केन्द्रबीच नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएपछि नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । तर सचिव पोखरेलले जसको नेतृत्वमा बजेट प्रस्तुत भयो, उसैको नेतृत्वमा कार्यान्वयन पनि गराउनुपर्ने भएकाले पनि अहिले सरकार […]

२०७३ जेष्ठ १८ गते, मंगलवार

जेठ २७ गते नेपाल बन्द

काठमाडौँ, १७ जेठ । नेकपा माओवादीले आउदो जेठ २७ गते नेपाल बन्दको घोषणा गरेको छ । माओवादीका प्रबक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । प्रबक्ता प्रकाण्डले विज्ञाप्ति मार्फत राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र […]

२०७३ जेष्ठ १७ गते, सोमबार

सङ्घीय गठबन्धनद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौ, १७ जेठ । संघीय गठबन्धनले तेस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । राजधानी केन्द्रित दोस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिएपछि गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले वक्तव्यमार्फत २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन, साहित्यिक […]

२०७३ जेष्ठ १७ गते, सोमबार

तीनबुँदे सहमतिको अन्तर्कथा

काठमाडौ, १७ जेठ । २१ वैशाख : प्रधानमन्त्रीको आयोजनामा डिनर मिटिङ गठबन्धनका मुख्य दुई घटकबीच असमझदारी बढेपछि प्रधानमन्त्री केपी ओलीले दुई दलका शीर्ष नेताहरूलाई बालुवाटारमा डिनर मिटिङमा आमन्त्रण गरे । माल्पुवादेखि माछा, कुखुरा र खसीको मासुलगायतका परिकारसहितको छलफल भने त्यति मीठो रहेन । तर, डिनरअघि नै भएको छलफलमा प्रचण्डले सरकार परिवर्तनबारे आफ्नो प्रस्ताव यसरी राखे, […]

२०७३ जेष्ठ १७ गते, सोमबार

नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता – भट्टराई

काठमाडौं, १७ जेठ । नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता रहेको डा. बाबुराम भट्टराईले बताएका छ्न। गोकर्णेश्वर ,कागेस्वरी,मनहरा,शङखरापुर नगर कमिटिले जोरपाटीमा आयोजना गरेको अन्तरकृया तथा नागरिक सभालाइ सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले नयाँ नेपाल निर्माणका लागि बिकास र समृद्धिमा जोड दिएको बताउदै अबको १० बर्ष भित्र बेरोजगार अन्त्य गरिने पनि जनाए । प्रधानमन्त्री के. पि. […]

२०७३ जेष्ठ १७ गते, सोमबार

सरकारको दिनगन्ति सुरु

काठमाडौँ, १६ जेठ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बजेट भाषण सकिए लगतै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब एमालेले सरकार छोड्नु पर्ने बताई सकेको […]

२०७३ जेष्ठ १६ गते, आईतवार

विश्व अल्ट्रा धाबिका राई र कराते खेलाडी तामाङ विभूषित

काठमाडौँ, १६ जेठ । गणतन्त्र दिवसको अवसरमा सरकारले प्रदान गर्दै आइरहेको विभिन्न मानपदबी मध्य “प्रबल जनसेवा श्री” विश्व अल्ट्रा धाबिका भोजपुरकि मिरा राइ र कराते खेलाडी बिमला तामाङलाइ प्रदान गर्ने जनाएको छ । भोजपुरको बिकट गाउँ सानो दुम्मामा जन्मिएकी मिरा एकाएक विश्व अल्ट्रा धाबिकाको रेकर्ड बनाउदै अहिले चर्चित धाबिका बन्न पुगेकी छिन । त्यस्तै १७ […]

२०७३ जेष्ठ १६ गते, आईतवार

एमालेभित्र चरम अन्तर बिरोध – पार्टी टुक्रिने सरकार पनि फुत्किने

काठमाडौँ । एमाओवादीसँग गत वैशाख १९ गते नौ बुँदे सहमति गरेर केही दिन टिकेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बजेट भाषणसँगै संकटमा परेको छ । नौ बुँदै सहमतिअनुसार बजेट भाषणपछि आफ्नो नेतृत्वमा सरकार बन्ने उद्घोष गर्दै आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस विषयलाई जोडतोडले उठाउँदै आएका छन् भने एमालेभित्र पनि सरकारले उखान् […]

२०७३ जेष्ठ १५ गते, शनिबार

‘मोदीकै कारण मित्रराष्ट्रसँगको सम्बन्ध बिग्रियो ‘

काठमाडौँ, १४ जेठ । दुई वर्ष अघि जब नरेन्द्र दामोदरदास मोदीले प्रधानमन्त्री पदको सपथ लिइरहेका थिए, अन्य अतिथीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हामिद कारजाई, नेपालका प्रधानमन्त्री सुशील कोइराला, मोरिससका प्रधानमन्त्री नवीन रामगुलाम पनि उपस्थित थिए । मोदीको कार्यकालको सुरुवातमै यी नेतालाई दिल्लीमा आउने निमन्त्रणा दिइएकोबारे दक्षिण एसियाली राजनीतिमा एउटा नयाँ पहलका रुपमा […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार