नेकपाले सहिद कुमार पौडेलको स्मारक बनाउने

२०८१ बैशाख २३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धकालिन ,एकीकृत क्रान्ति र मधेस आन्दोलनका सहिदहरुका स्मृति दिवस मनाउनेदेखि एकीकृत क्रान्तिका महान सहिद कुमार पौडेलको स्मृतिमा स्मारक बनाउने निर्णय गरेको छ । सर्लाहीको लालबन्दीमा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा हालै सम्पन्न बैठकले सो निर्णय हो । बैठकले सुकुम्बासी समस्या, मिटरब्याजी पिडित र लघुवित्त पिडितका समस्यालाई लिएर संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।
मधेसमा समस्या समाधानका लागि भन्दै मिटरब्याजी पिडित र लघुवित्त पिडितहरुसँग आर्थिक सहयोग नलिने समेत निर्णय गरेको स्थायी समिति सदस्य अनिल सीले बताए । मधेसले पार्टी गतिविधि र जनताका गुनासो सुन्ने हटलाईन नम्बर समेत सार्वजनिक गरेको छ ।
नेकपा प्रदेश संरचनामा गएपछि ७ वटै प्रदेशका बैठक र नयाँ संरचनाहरु बनिरहेका छन् ।

प्रतिक्रियाहरु