नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी

२०७८ आश्विन ३० गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता बीरजंगको अन्त्येष्टी भएको छ । बीरजंगको अन्त्येष्टी अघि नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड ,केन्द्रीय सचिवालय सदस्यहरू, केन्द्रीय सदस्यहरूसहित पार्टीका नेता–कार्यकर्ता, शिवराज नगरपालिका राजनितिक दल नेता कार्यकर्ता र अन्य राजनीतिक दलका नेता कार्यकर्ता तथा जनसमुदायले फुल माला लगाई श्रद्धाञ्जली दिएका थिए भने नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहित सयौ नेता,कार्यकर्ता,जनता,घरपरिवार तथा आफन्तजनहरुकोउपस्थितिमा अन्त्येष्टी कार्यक्रम सम्पन्न गरिएको छ ।बीरजंगको आफ्नै गाउँ कपिलवस्तुमा सयौं जनताको उपस्थितिमा अन्त्येष्टी कार्यक्रम सम्पन्न भएको हो ।


लामो समय देखि मुटु रोग सम्वन्धि पीडित नेता विरजंगको असोज २८ गते राती भारत नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव शरिरलाई आज मात्र गृह जिल्ला कपिलवस्तुको शिवगढीमा पुर्याइएको थियो ।


को हुन विरजंग ?
२०१७ साल फागुनमा रोल्पाको इरिबाङमा जन्मिएका नेता वीरजङ्गको सम्पूर्ण जीवन राजनीतिमै व्यतीत भएको थियो । नेपालको कम्युनिस्ट आन्दोलनमा वीरजङ्गलाई क्रान्तिकारी, अत्यन्त इमानदार छवि भएका व्यक्तित्वका रूपमा चिनिन्छन । विगत १० बर्षीय जनयुद्धमा ग्रामीण वर्ग सङ्घर्ष उठाउन महत्त्वपूर्ण भूमिका खेलेका नेता वीरजङ्गले पञ्चायती निरङ्कुशता र नेपालको सामान्ती राजतन्त्रका विरुद्धको सङ्घर्षमा नेतृत्वदायी भूमिका खेलेका थिए ।


विप्लवले वैद्यसँग अलग भएर नेकपा गठन गरेपछि सरकारले लगाएको प्रतिबन्धको समयमा लामो समयसम्म हिरासत र जेल जीवन व्यतीत गरेका नेता वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले ग्रसति बनाएको थियो । दुई पटकसम्म उनको मुटुको शल्यक्रिया भएको थियो । प्रतिबन्धको समयमा प्रहरी हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो ।
भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको शुक्रवार राती अस्पतालमै निधन भएको थियो । नेता वीरजङ्ग नेकपाका महासचिव विप्लवका सहोदर दाजु हुन्।

प्रतिक्रियाहरु