राज्यको बन्दुक र दमनको भाषा बिरुद्ध आज नेपाल बन्द : प्रकाण्ड

२०७३ जेष्ठ २७ गते, बिहीबार

काठमाडौं २७ जेठ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले राज्यले बन्दुक र दमनको भाषा बोलिरहेकाले आज नेपाल बन्द गरिएको बताएका छन । सरकारले नियोजितरुपमा युद्ध थोपर्ने कोसिस गरिए आफुहरुपनि त्याही तरिकाले सोच्न बाद्य हुने उनले बताए । माओवादीले जनयुद्धकालिन मुद्धामा आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द आह्वान गरेको छ । प्रवक्ता प्रकाण्डले विगतमा संगै जनयुद्ध लडेको भएपनि पनि प्रचण्ड नेतृत्वको माओवादीले आफुहरुसंग वर्ग शत्रुको भुमिका खेलको बताएका छन । युद्धकालनि झुटा मुद्धाको विरुद्धमा गरिएको आन्दोलनमा माओवादी केन्द्र नेतृत्वको गृमन्त्रालयको उग्र धरपकडले प्रचण्ड माओवादीको विचार र नियत प्रष्ट भएको उनले बताएका छन । प्रवक्ता प्रकाण्डले गृहमन्त्री शक्ति बस्नेत एमालेका बामदेब भन्दा पनि निर्मम तरिकाले अफ्ना कार्यकर्ताहरुको पक्राउ र धरपकडमा उत्रिएकाले यसको शसक्त प्रतिवाद गर्ने बताए । प्रचण्ड र एमालेबिच भएको नौ बुधे सहमतीमा द्वन्दकालिन मुद्धारुलाई कानुन संसोधन गरेर समाधन गर्ने सहमती भएपनि व्यावहारमा त्यसको विल्कुलै विपरित अवस्था देखिएकाले यसको कुनै अर्थ नहुने उनको दाबि छ ।

प्रतिक्रियाहरु