भारतद्वारा प्याज निर्यात खुला

२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । भारतले प्याज निर्यात खुला गरेको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले सो निर्णय गरेको हो । भारतले शनिबारबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ । सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।

प्रतिक्रियाहरु