सुन प्रति तोला ९७ हजार ५ सय !

२०७७ श्रावण १२ गते, सोमबार


काठमाडौं । नेपाल सुनचादी ब्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार दुई सय रुपैयाँले बढेर ९७ हजार ५ सयमा कारोवार भएको जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९७ हजार ६० पुगेको छ । चाँदी पनि प्रति तोला ५५ रुपैयाँले बढेर १ हजार २ सय १० रुपैया प्रति तोलामा कारोवार भैरहेको छ ।
कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ निरन्तर उकालो लागिरहेको छ । लकडाउन अघि चैत्र १० गते सुन तोलाको ७७ हजारमा कारोबार भएको थियो । कोरोना संक्रमणका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मुल्य बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु