मुख्य समाचार

सेभ द चिल्ड्रेन माथि जनकारबाही

काठमाडौं, २५ जेठ । नेकपा माओवादी सिन्धुपाल्चोकले सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण गरेको छ । माओवादीले सिन्धुपाल्चोकको चौतारामा रहेको कार्यालयलाई ध्वस्त पार्नुका साथै, २ वटा गाडी र १ वटा मोटर साइकलसमेत क्षतिग्रस्त पारेको छ । राष्ट्रियता, जनजीविकाका पक्षमा तथा भ्रष्टाचार, कालो बजारीका विरुद्ध सशक्त संघर्ष गरिरहेको नेकपा माओवादीले सो कारबाही गरेको बताएको छ । कारबाहीबारे […]

२०७३ जेष्ठ २५ गते, मंगलवार

‘ प्रचण्ड क्रान्तिबाट थाकेर दक्षिणपन्थी संशोधनवादमा पतन भए ‘

काठमाडौं, २४ जेठ । नेकपा माओवादी क्रान्तिकारीका उपाध्यक्ष सीपी गजुरेल गौरवले ‘जनयुद्धका मुख्य पात्रहरुमध्ये तत्कालीन नेतृत्व प्रचण्ड क्रान्तिबाट थाकेर दक्षिणपन्थी संशोधनवादमा पतन भइसकेको ठोकुवा गरेका छन । उनीसँग हाम्रातिरबाट केही साथीहरु पनि मिसिन पुगे’ गौरवले भने ‘माओवादी केन्द्र माओवादीहरुबीचको एकता नभई संशोधनवादी केन्द्र हो ।’ क्रान्तिकारी विचार बोकेकाहरु क्रान्तिकारी विचारधारामै रहेको गौरवको दाबि छ । […]

२०७३ जेष्ठ २४ गते, सोमबार

पछि हटे प्रचण्ड

काठमाडौं, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग भएको भद्र सहमतिका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको बताएका छन् । प्रेस सेन्टर कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रचण्डले भद्र सहमति भद्र नै हुने भन्दै त्यसका विषयमा बढी चर्चा गर्नु जरुरी नरहेको […]

२०७३ जेष्ठ २४ गते, सोमबार

पूर्वराजा ज्ञानेन्द्र र देउवाविरुद्ध उजुरी !

काठमाडौं, २४ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी परेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पूर्वप्रधानमन्त्र दिेउवाविरुद्ध१० वर्षे द्वन्द्वका क्रममा घटेका घटनाको छानबिन गर्न माग गर्दै आइतबार उजुरी परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको शासन कालमा गाँउगाँउमा शाही सनेना पठाई माओवादीका […]

२०७३ जेष्ठ २४ गते, सोमबार

दाहाल पुगे ओलीको दैलोमा

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ । करिब आधा घन्टा चलेको उक्त भेटवार्तामा दुईजना मात्र रहेको बताइएको छ । सो भेटघाटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बजेट पछि माओवादीलाई सरकार चलाउन दिने भद्र सहमति गरेको बारे चर्चा भएको हुन सक्ने आंकलन […]

२०७३ जेष्ठ २३ गते, आईतवार

भारत-अमेरिका एमालेविरुद्ध देखिए: ओली

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् । उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा […]

२०७३ जेष्ठ २३ गते, आईतवार

प्रचण्ड प्रधानमन्त्री प्रपन्च रच्दै : भट्टराई

काठमाडौं, २२ जेठ । पूर्वप्रधानमन्त्री एवम नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्ने दौडमा लागेको बताएका छन् । आज बनेपामा सदाचार विकास र समृद्धिका लागि वैकल्पिक राजनैतीक आवश्यकता विषयक कार्यक्रममा संयोजक भट्टराईले बाहीरीरुपमा प्रधानमन्त्री नबन्ने इच्छा नभएको बताउनै प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्ने प्रयासमा लागिरहेको बताएका […]

२०७३ जेष्ठ २२ गते, शनिबार

‘शसस्त्र लडॉई र जनविद्रोह संगसंगै हुनुपर्छ ‘

काठमाडौं, २१ जेठ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले २०६२/०६३ पछिका कुनैपनि सम्झौता पालना नभएकाले देशलाई अर्को नयाँ आन्दोलनको आवश्यकता भएको बताएका छन । चौतारीले दाङ्ग्को घोराहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलन पश्चातका सम्झौता अनुरुप देश रुपान्तरणमा नगएकोले अब हुने नया आन्दोलनलाई कसैले रोक्न नसक्ने बताएका छन । सबैले गरेका सहमतीहरु पालना […]

२०७३ जेष्ठ २२ गते, शनिबार

प्रधानमन्त्री ओलीलाई हटाउन प्रचण्ड प्रपन्च सुरु

काठमाडौं,२१ जेठ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रपन्च रच्न लागेको बुझिएको छ । एमाले र माओवादीबीच सरकारको नेतृत्व आलोपालो गर्ने भनि भएको भद्र सहमति प्रधानमन्त्री ओलीले तोडेर अहिले झुटको खेति गर्दै हिंडेको माओवादी केन्द्रको बुझाई रहेको स्रोतले बताएको छ । एमाले र एमाओवादीबीच बजेट पारित हुनासाथ […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार

माओबादी तनहु सेक्रेटरी थापा गिरफ्तार

काठमाडौँ, २१ जेठ । नेकपा माओबादी तनहुका जिल्ला सेक्रेटरी निरु थापालाई प्रहरीले पोखराको लेकसाईडबाट नियन्त्रणमा लिएको छ । पार्टी कामको सिलसिलामा पोखरा आएका थापालाई बिना कारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा माओबादी केन्द्रिय सदस्य तथा गण्डकि ब्युरो ईन्चार्ज आस्थाले कडा आपति जनाएकि छन । ब्युरो ईन्चार्ज आस्थाले आम जनतामा राजनितिक चेतना र भेटघाटका शिलशिलामा हिडेका […]

२०७३ जेष्ठ २१ गते, शुक्रबार