भोलिको नेपाल बन्द बिशेष हुने माओवादीको दावी

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौँ, २६ जेठ । नेकपा माओवादीले जनकारबाहीमा तिब्रता ल्याए सगै भोलिको नेपाल बन्द बिशेष हुने बताएको छ । माअाेवादीले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारीलगायतका नेताकार्यकर्ताहरूकाे रिहाइकाे माग गर्दै भोलि नेपाल बन्दकाे कार्यक्रम राखेकाे बताएको छ । त्यसैगरी जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई बिनासर्त रिहा गर्नुपर्ने मागसहित बन्द कार्यक्रम राखेकाे बताइएकाे छ । सरकारको ज्यादती बिरुद्ध राखिएको भोलिको नेपाल बन्द बिशेष हुने माओवादीले बताएको छ ।
यससंगै माओवादीले देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायतका बिषय समेट्दै सडक संघर्ष चर्काउने देखिएको छ । यसै शिलशिलामा माओवादीका प्रबक्ता प्रकाण्डले राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनैतिक अधिकार तथा जन जीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजार कमिशन, कृतिम अभाव, आकाशिदो मूल्यवृद्धि लगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनैतिक अधिकार र जन जीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रीक गणतन्त्रका शासकहरुले आफ्नो पार्टीका नेता, कार्यक्रता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरप्तार गर्ने र जेल हाल्ने फाँसिष्ट हर्कतहरु गरिराखेकाले नेपाल बन्द गर्नु परेको बताएका छन । उनले झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जन परिषद प्रमुख .राम प्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु कृष्ण खतिवडा र हरिशरण नेपाललाई हालसम्म जेलमा राखेकोमा तिब्र रोष प्रकट गरेका छन ।

प्रतिक्रियाहरु