नेपाल बन्दको पूर्वसन्ध्यामा मोटरसाइकल र्याली

२०७३ जेष्ठ २६ गते, बुधबार

काठमाडौं, २६ जेठ । नेकपा माओवादीले भोलि जेठ २७ गतेको लागि घोषित नेपाल बन्दको पूर्वासन्ध्यामा आज काठमाडौंमा मोटरसाइकल र्यालीको आयोजना गरेको छ । भोलिका लागि घोषित नेपाल बन्द सफल पार्न मोटरसाइकल र्यालीको आयोजना गरिएको माओवादीलीले जनाएको छ । र्याली कोटेश्वर तीनकुनेबाट शुरु भएको मोटरसाइकल र्याली कोटेश्वर हुदै ललितपुरको सात दोबाटो,कुपण्डोल हुँदै रत्नपार्कस्थित शान्तिबाटिका पुगेर कोण सभामा परिणत हुने बताइएको छ । कोण सभा माओवादी नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रिय स्वाधीनता, राष्ट्रियता र जनजीविका विषयलाई लिएर संघर्षमा रहेका आफ्ना दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई राज्यले देशभर गिरफ्तार गरी दुःख दिएको, झुठा मुद्दामा फसाएको, जेल हाल्ने काम हर्कत जारी राखेको भन्दै भोलि जेठ २७ गते माओवादीले नेपाल बन्दको घोषणा गरेको छ ।

प्रतिक्रियाहरु