‘माओलाई सम्झनुको अर्थ उनका योगदानको अनुशरण गर्नु हो ‘

२०७८ पुष १२ गते, सोमबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य अनिल शर्मा विरहीले माओका वैचारीक, आर्थिक र समाजशास्त्रिय योगदानहरुको चर्चा गर्दै आजको सन्दर्भमा माओलाई सम्झनुको अर्थ उनका योगदानको अनुशरण र आजको सन्दर्भमा मालेवादको वस्तुसंगत र व्यवहारीक प्रयोग गर्न सक्नु पर्ने बताएका छन । नेकपानिकट संयुक्त जबस मोर्चाद्वारा काठमाडौँमा आयोजित १२९ औँ माओ दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले सो कुरा बताएका हुन् ।

]
यसैगरी , उक्त कार्यक्रमलाई सम्बोधनगर्दै केन्दीय सदस्य मिलनले ‘चाहिदैन एमसीस हामीलाई चाहिदैन, राष्ट्रघाती एमसीसी ल्याउन पाईदैन, खबरदार अमेरिका हाम्रो स्वाधिनता र स्वतन्त्रतामा आखाँ नलगाउँ’ भन्ने बोलको गित गाउँदै आफ्नो मन्तव्य राखेक थिए ।
यस्तै विधार्थी नेतृ एवं उदियमान कवि द्घोय प्रजिना दर्नाल र साया सापकोटाले कविता बाचन गर्दै कार्यक्रमलाई थप शोभायमान बनाएका थिए ।


। आईतबार राजधानीको डिल्लीबजार स्थित विजय स्मारक कलेजको हलमा भएको कार्यक्रममा नेकपा. केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही ’ केन्द्रीय सदस्य मिलन, अखिल क्रान्तिकारीका पृर्वअध्यक्ष चिरन्जीवि ढकाल, गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्द, सम्पर्क मञ्का अध्यक्ष रत्न मगर, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद थापा, जनपत्रकार संगठन नेपालका संयोजक शेर बहादुर विश्वकर्मा, उधोग वाणिज्य महासंघका अध्यक्ष कृष्ण बस्नेत, लेखक संघकी अध्यक्ष शोभा दुलाल, अखिल नेपाल भुमिहिन सुकुम्बासी संघका उपाध्यक्ष मिनराज गिरी, कर्मचारी महासंघका सल्लाहकार गोपालसिंह धामी लगायत पत्रकार, वुद्दिजीवि लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


जनयुद्दका शहिद तथा बेपत्ता पसिवार समाजकी संयोजक खुमा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीले गरेका थिए ।

प्रतिक्रियाहरु