अखिल ( समाजवादी ) कास्कीद्वारा दुरुपयोग गरेको सरकारी गाडी नियन्त्रणमा

२०८१ बैशाख २३ गते, आईतवार


काठमाडौँ । अखिल ( समाजवादी ) का केन्द्रीय सचीव प्रकाश सी को नेतृत्वको टोलिले कास्कीमा शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गरेको भन्दै माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ लगाएतको जनप्रतिनिधिहरु चढेको सवारी साधनलाई पोखराको हेम्जामा नियन्त्रणमा लिएर छडेको छ । B AA 0592 नम्बरको सरकारी प्लेट नम्बर भएको स्कारपियो धम्पुसबाट घुमेर हेम्जातिर आउदै गरेको जानकारी स्थानीय बासिन्दाले गरेपछि आफुहरुले गाडी नियन्त्रणमा लिएको सङ्गठनका केन्द्रीय सदस्य पुरन सी ले बताए । केही समय गाडी नियन्त्रणमा लिएर स्थानीय हरुकै रोहबरमा अबको दिनमा बिना पास सार्वजनिक विदाको दिनमा गाडी नचलाउने सहमतिपछि गाडी छाडिएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु