बिज्ञान तथा प्रबिधि

ट्रम्पद्वारा टिकटक र वी च्याट बन्द गर्ने आदेशमा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक र वी च्याट बन्द गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे पैतालिस दिनभित्र अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने आदेशमा ट्रम्पले हस्ताक्षर गरेका हुन् । सो आदेशमा राष्ट्रिय सुरक्षाको रक्षा गर्न टिकटकका मालिकविरूद्ध आक्रामक कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ । अमेरिकी नीति निर्माताले विदेशीको […]

२०७७ श्रावण २३ गते, शुक्रबार

ट्रम्पको स्टाटस फेसबुकले हटायो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा आफ्नो पेजमा पोस्ट गरेको स्टाटस फेसबुकले गलत सामग्री भन्दैे हटाएको छ । ट्रम्पले बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश फेसबुक पेजमा पोस्ट गरेका थिए । उनले अन्तर्वार्ताकै क्रममा बालबालिकामा कोरोना भाइरससँग लड्ने प्रतिरोधात्मक क्षमता रहेको दाबी गरेका थिए । ट्रम्पको पोस्टले कोभिडबारे गलत सूचना प्रदान गरेकाले […]

२०७७ श्रावण २२ गते, बिहीबार

९० मिनेटमै कोरोना परीक्षणको रिपोर्ट !

काठमाडौं । बेलायतले आगामी सातादेखि कोरोना भाइरस वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने जनाएको छ  । उक्त विधिबाट कोरोना संक्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै छुट्याउन सकिने बताइएको छ । आगामी साताबाट यूकेमा सुरु गरिन लागेको सो विधि निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् । हालको […]

२०७७ श्रावण २० गते, मंगलवार

बक बेन्कन र डग हर्ली अन्तरिक्षबाट पृथ्वीमा फर्किए !

काठमाडौँ । अमेरिकाले ४५ वर्षपछि पृथ्वीबाट अन्तरिक्षमा पठाएर सफलतापूर्वक यान फर्काएको छ । अन्तरिक्ष केन्द्रमा पुगेको दुई जना अन्तरिक्ष यात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा सफलतापूर्वक अवतरण गरेका छन् । स्पेस एक्स ड्रयागन क्याप्स्युल नाम दिइएको उक्त अन्तरिक्ष यानबाट फर्केका ती अन्तरिक्ष यात्री पश्चिमी फ्लोरिडाको दक्षिणतर्फमा रहे गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए । […]

२०७७ श्रावण १९ गते, सोमबार

रुसले अक्टोबरबाट कोरोनाबिरूद्धको भ्याक्सीन प्रयोग गर्ने

काठमाडौँ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबरमै रुसी नागरिलाई भ्याक्सीन दिने योजना बनाइरहेको बताएका छन । रुसले यतिबेला तीब्र रुपमा भ्याक्सीन बिकासको काम गरिहेको छ । अघिल्लो महिना रुसी बैज्ञनिकहरुले कोरोना भ्याक्सिनको सुरुवाती ट्रायल पूरा गरिसकेको जनाउदै त्यसको नतिजा सकारात्मक भएको दावी गरेका थिए ।अब अक्टाेबरमा दिइने भ्याक्सीन सबैभन्दा पहिले डाक्टर र शिक्षकलाई कोरोना […]

२०७७ श्रावण १८ गते, आईतवार

अर्बपति तथा चर्चित व्यक्तिहरुको ट्वीटर ह्याक गर्ने पक्राउ

काठमाडौं । अर्वपती एवं चर्चित व्यक्तिहरुको सामाजिक सञ्जाल ‘ट्वीटर’ एकाउण्ट ह्याक गर्ने तीन जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ पर्नेमा एक बेलायती नागरिक दुई अमेरिकी नागरिक भएको खुलासा भएको छ । बेलायतको दक्षिणी तटिय क्षेत्र बोगनोर रेजिसका १९ बर्षिय मैसन शेफर्ड नामका ब्यक्ति रहेको खुलासा भएको हो । अन्य दुई जना भने अमेरिकाको […]

२०७७ श्रावण १८ गते, आईतवार

आजबाट मनसुन पुनः सक्रिय : प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजदेखि साउन १६ गतेसम्म प्रदेश १ र २ मा भारी वर्षा हुने जनाएको छ । विभागका अनुसार दुवै प्रदेशका अधिकांश स्थानमा बाढी पहिरोको जोखिम रहेको छ । वर्षा गराउने मनसुन न्यून चापीय रेखा तराई मधेसनजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध […]

२०७७ श्रावण १२ गते, सोमबार

मनसुन पुन: सक्रिय : तीन–चार दिनसम्म झरी पर्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने बताएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । भोलि रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने […]

२०७७ श्रावण ११ गते, आईतवार

लकडाउनका कारण ध्वनी प्रदुषणमा ५० प्रतिशतले कमी !

काठमाडौँ ।  लकडाउनको कारण विश्वमा ५० प्रतिशतले ध्वनी प्रदुषण कमी आएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण कम गर्न गरीएको लकडाउनको समयमा मानिसहरुको चहलपहल कम हुनुका साथै औद्योगिक कलकारखाना बन्द भएका कारण ध्वनी प्रदुषणमा कमी आएको एक अध्ययनले देखाएको छ । बेल्जीयमस्थित रोयल अब्जरभेटरीको अगुवाइमा भएको अध्ययनमा ७० भन्दा बढी वैज्ञानिकहरुको सहभागिता […]

२०७७ श्रावण ९ गते, शुक्रबार

अमेरिका र बेलायतद्वारा रुसले अन्तरिक्षमा हतियारयुक्त स्याटेलाईट पठाएको आरोप

काठमाडौं । अमेरिका र बेलायतले रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ । रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको अमेरिकाको विदेश विभागले जनाएको छ ।यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता […]

२०७७ श्रावण ९ गते, शुक्रबार