बन्द पूर्णरुपमा सफल : विप्लव (विज्ञप्ति सहित)

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौं २७ जेठ । नेकपा माओवादीका महासचिव विप्लवले आजको बन्द सान्दार तरिकाले सफल भएको बताएका छन् । विप्लवले अाेली सरकारले जनतामाथि दमन चलाएर दुश्साहस गरेकाे भन्दै त्यसले जनताकाे अान्दाेलनलार्इ झन् बल पुर्याउने बताएका छन् । अाजको नेपालबन्दपछि एक विज्ञेप्ती निकाल्दै महासचिव विप्लवले सत्ता र सरकारकाे दमनले उनै शासकहरूकाे अन्त्यकाे कारण बन्ने भन्न पुगेकाे बताएका छन् ।
भ्रष्टाचार, कालोवजारी, तस्करी, दलाली विरुद्ध बन्दको आयोजना गरिएको भन्दै बन्दलाई सहयोग र समर्थन गर्ने जनता, व्यापारी, यूवा विधार्थीहरुलाई धन्यवाद दिएका छन् । साथै विप्लवले बन्दको क्रममा सरकार द्वारा गरिएको दमन र गिरफ्तारीको चर्को विरोध गरेका छन् ।
अाजको नेपालबन्दपछि महासचिव विप्लवले जारी गरेको प्रेस वक्तव्य जस्ताको तस्तै : –
“आज जेष्ठ २७ गते हाम्रो पार्टीले भ्रष्टाचार, कालोवजारी, तस्करी, दलाली विरुद्ध संघर्ष गर्दा वन्दि बनाइनुभएका कमरेड विवस( बाबुराम राई) सहित ८ जना कमरेडहरुको रिहाईको लागि साथै भ्रष्टाचार, महंगी, कालोबजारी विरुद्ध नेपाल वन्द गर्यो । यस वन्दलाई देशका सवै जनसमुदायहरु (मजदुर, किसान, उद्योगी, व्यापारी, यातायात व्यवसायी, पत्रकार,शिक्षक, विद्यार्थी, कर्मचारी, वुद्धिजीवि आदी) बाट सौहार्दपूर्ण सहयोग प्राप्त भयो र वन्द ससक्त प्रकारले सफल भयो । सर्वप्रथम वन्द सफल गर्न पूर्ण सहयोग गर्नु हुने सम्पूर्ण जनसमुदायलाई पार्टीका तर्फबाट हार्दीक धन्यवाद व्यक्त गर्दछौं ।
वन्द सफल गर्न शान्तिपूर्ण प्रदर्शन र विरोधमा उत्रिएका नेता, कार्यकर्ता तथा जनता माथि आज केपी ओली सरकार निरंकुस तरिकाले खनिदै पर्सा र सर्लाही हरिवनमा गोली प्रहार गरेको छ भने उपत्यका, झापा, मोरङ, सिन्धुली, सर्लाही, चितवन, काभ्रे, नुवाकोट, पोखरा, बाके, कालीकोट, रुकुम,आदि ठाउँबाट पिविएम कमरेड ओम पुन, जिल्ला सचिव कमरेड कुमार पौडेल, राजु कार्की, देवकला शर्मा, योगेन्द्र कुमाल सहित सय भन्दा वढि साथिहरुलाई गिरफतार गर्न पुगेकोछ । सर्लाहीमा रबरको गोलीबाट ४जनालाई घाइते बनाएकोछ । हाम्रो पार्टी ओली सरकारको कायरतापूर्ण दमनको घोर भत्र्सना गर्दछ । संघर्षमा घाइते हुनु भएका कमरेडहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ साथै गिरफतार गरिएका नेता कार्यकर्ताहरुको यथासिघ्र रिहाइको माग गर्दछ । सम्पूर्ण वन्दि कमरेडहरुको तुरुन्त रिहाई नभएमा अरु कडा संघर्ष अगाडि वढाउने चेतावनी दिन चहान्छौं ।
आदरणिय जनसमुदाय सवैले भोगि रहेकै छौं कि देश कुशासनको चपेटामा पर्दै गएकोछ । जनताका अधिकारहरु खोसिएकाछन् । देशको स्वाधिनता खतरामा पर्दै गएकोछ । जनताहरु अधिकार प्राप्तिको संघर्षमा छन्, राष्ट्रघाट, महंगी, भ्रष्टाचार, कालोवजारीको विरुद्ध संघर्षरतछन् परन्तु ओली एण्ड कम्पनी सरकार जनता माथि दमन चलाउदै राज्य चलाउने दुश्साहस गर्दैछ । ओली एण्ड कम्पनीले बुझेकै हुनु पर्दछ कि जनता, देश र शुशासनको निम्ति चल्ने संघर्षहरु कुनै पनि सत्ता र सरकारको शक्ति भन्दा वलवान हुन्छ । सत्ता र सरकारका विरुद्ध जनतानै उठिसके पछि दमन प्रतिक्रियावादी शासकहरुको अन्त्यको कारण वन्न पुग्दछ । दमनका कारण हाम्रो पार्टी जनता र देशको जिम्मेवारी पुरा गर्ने ठाउँबाट किञ्चित् पनि पछि हटने छैन बरु संघर्षलाई नयाँ उचाइमा उठाउदै जानेछ ।
अन्त्यमा हाम्रा निरन्तर चलिरहेका संघर्ष र आजको नेपाल वन्दलाई साथ र सहयोग दिनु हुने सम्पूर्ण जनसमुदायप्रति पुनः धन्यवाद ज्ञापन गर्दैै साथै पार्टीको कार्यक्रममा विभिन्न दुःख कष्टका बावजुद निरन्तर डटिरहनु भएका नेता, कार्यकर्तालाई धन्यवाद र वधाई दिन चहान्छौं ।”

यसैगरी , नेपाल बन्द समय सकिए लगत्तै माओवादीका ब्यूरो इन्चार्ज एवं उपत्यका ब्यूरो इन्चार्ज विषमले प्रेस विज्ञप्ति जारी गरेर बन्द पहिला र बन्दका क्रममा गिरफ्तार गरिएका सम्पूर्ण सार्थीलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन । उनले बन्द सफल पार्न सहयोग पुर्याउने न्यायप्रेमी समुदाय सबैलाई धन्यवाद दिदै जनताको पक्षमा गरिने आगामी कार्यक्रमहरुमा साथ सहयोगको अपेक्षा राखेको बताएका छन ।
प्रेस विज्ञप्तिमा बन्दका क्रममा उपत्यकाबाट ४९, कास्कीबाट ४३, काभ्रेबाट १२ , कालीकोटबाट १० लगायत देशभरबाट १०० भन्दा बढी पार्टी नेता र कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको र हालसम्म कसैलाई रिहा नगरिएको जनाउँदै आक्रोश व्यक्त गरिएको छ ।
साथै बिना सर्त रिहा नगरिए थप कडा आन्दोलनमा उत्रने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । पूरा भएकोनेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आफ्ना गिरफतार गरिएका नेता र कार्यकर्ताहरुलाई रिहा नगरे थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ । त्यसपछि उत्पन्न जस्तोसुकै परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने उल्लेख छ ।
विज्ञप्तिको पूर्ण पाठः
“हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी माओवादीले देशमा मौलाउँदै गएको भ्रष्टाचार, भूकम्प पीडित जनताहरुको राहात भष्ट्रचारीहरुलाई कार्वाहीको माग गर्दै पीडितहरुलाई सरकारले दिने भनेको राहत समेत अहिलेसम्म दिन नसकेकोले त्यसको माग गर्दै वैकल्पिक बाँसको व्यवस्था गर्न, तष्करी, कालोबजारी, बढ्दो महँगी नियन्त्रण, विकास बजेटमा संस्थागत रुपमा भैरहेको भ्रष्टाचार, राष्ट्रघात, वैदेशिक हस्तक्षेप र यसको विरोधमा विभिन्न समयमा भएका संघर्षका क्रममा झुठा मुद्दामा फसाइएका र जनयुद्धकालीन मुद्दा ब्यूँताएर झापा, धादिङ, तनहँु, कर्णाली लगायतका जिल्लाहरुमा हाम्रा जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई जेलमा थुनिएका छन् ।
तिनको बिना सर्त रिहाई र उपर्युक्त पूर्व मागहरुलाई अगाडि सारेर आज एक दिने नेपाल बन्दको आह्वान गरेका थियौं । केही छिटफुट घटनाहरु बाहेक नेपाल बन्द शानदार रुपमा सफल भएको छ । बन्द सफल पार्न सहयोग गर्नु हुने उपत्यका लगयत देशैभरिका यातायात ब्यवसायीहरु, शिक्षण संस्थाहरु, उद्योगी व्यवसायीहरु, व्यापारी, पत्रकार, विभिन्न राजनीतिक दलहरु, हाम्रा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु, देशभक्त–राष्ट्रवादीहरु, सहयोगी सुरक्षाकर्मी मित्रहरु तथा आम न्यायप्रेमी जनसमुदायहरुमा हाम्रो पार्टी नेकपा माओवादी उपत्यका ब्यूरो हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
यसपूर्व झुठा मुद्दामा फसाइएका झापा, धादिङ, जुम्ला, तनहुँ लगायतका जिल्लामा बन्दी साथीहरुलाई बिना सर्त तुरुन्त रिहाईको माग फेरि दोह¥याउन चाहन्छौं । यसैक्रममा आजको नेपाल बन्दको क्रममा देशै भरी यो नालायक सरकारले उल्टो धरपकड गर्ने काम गरेको छ ।
आज बिहान बन्दका क्रममा शान्तिपूर्ण काममा खटिरहेकै बेला काठमाडौंको कलंकीबाट ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल लगायत १० जना, बालाजुबाट तामाङ मोर्चाका नेता रजमान तामाङ सहित ७ जना, रत्नपार्कबाट गणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष राजु कार्की सहित ११ जना, कोटेश्वरमा क. नवीन विष्ट र रातो खबर साप्ताहिकका पत्रकार डिबी थापामगर, ललितपुरको ग्वार्कोबाट जग्गु शेर्पासहित ३ जना, भक्तपुरबाट जिल्ला जनपरिषद प्रमुख कृष्णराम खड्का सहित ३ जनालाई गिरफ्तार गरिएको छ ।
हामी सम्पूर्ण हाम्रा नेता तथा कार्यकर्ताहरुको बिनासर्त अविलम्ब रिहाईको माग गर्दछौं । यदि झुठा मुद्दाको श्रृंखलालाई बढाउदै लगिने धृष्टता गरियो र विभिन्न जिल्लामा रहेका साथीहरुलाई रिहा गरिएन भने पार्टी केन्द्रका संघर्षका आगामी स्टेपहरुमा पार्टी फेरि अगाडि बढ्न बाध्य हुनेछ । यस पछि हुने परिणामको जिम्मेवारी स्वयं सरकार हुनुपर्नेछ ।
अन्तमा सम्पूर्ण सहयोगी मित्रहरुलाई सहयोग गर्नु भएकोमा पुनः धन्यवाद दिदै जायज मागहरुको सन्दर्भमा आगामी दिनहरुको संघर्षका कार्यक्रमहरुमा पनि यहाँहरुको यस्तै सहयोग र समर्थनको अपेक्षा गर्दछौं ।”

प्रतिक्रियाहरु