राजनीति

नवलपरासीमा मधेसी सांसदलाई प्रवेश निषेध

काठमाडौ, १९ असोज । मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले जिल्लाको मधेस क्षेत्रका सांसदहरुलाई आफ्नो क्षेत्र प्रवेशमा निषेध घोषणा गरेको छ। मधेसमा विगत लामो समयदेखि मधेसी जनता आन्दोलित भईरहँदा पनि नयाँ संविधानमा मधेसीको अधिकार स्थापित गर्न भुमिका नखेलेको भन्दै मोर्चाले आजदेखि नवलपरासीको क्षेत्र नं. ४, ५ र ६ का सांसदहरुलाई प्रवेश निषेध गरेको जनाएको छ । […]

२०७२ आश्विन १९ गते, मंगलवार

आयल निगमका क्षेत्रीय प्रमुख मधेसी मोर्चाको नियन्त्रणमा

काठमाडौ, १८ असोज । संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वको टोलीले नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई वीरगञ्जबाट नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका साहलाई मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा आफूहरुसँगै धर्नामा बसालेका छन् । इन्धनको सहज आपूर्तिका लागि भारतीय अधिकारीहरुसँग कुरा गर्न भारत जाँदै गर्दा मोर्चाका कार्यकर्ताहरुले आफूलाई नियन्त्रणमा लिएको क्षेत्रीय प्रमुख साहले […]

२०७२ आश्विन १८ गते, सोमबार

सर्वदलीय बैठक बस्दै

काठमाडौ, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा आज सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री कोइरालाले सहमतीय सरकार गठनका विषयमा छलफल गर्न बालुवाटारमा बिहान १० बजे सर्वदलीय बैठक बोलाएकोे प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल काँग्रेस, […]

२०७२ आश्विन १८ गते, सोमबार

ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौँ, १७ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अध्यक्ष ओलीलाई अघि सारेको हो । राष्ट्रपति डा रामवरण यादवबाट यही असोज १५ […]

२०७२ आश्विन १७ गते, आईतवार

नाकामा अझै अवरोध

काठमाडौं, १७ असोज । भारतले नेपालमा लगाउंँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको जनाएपनि नेपाल–भारत सीमा नाकाहरु अझै पूर्ण रुपमा खुलेका छैनन् । देशकै ठूलो भन्सार नाका बीरगन्ज आजपनि ठप्प बनेको छ । दश दिन यता यो नाका भएर एउटा पनि मालबाहक सबारी साधन नेपाल भित्रिएको छैन । मधेशी मोर्चाका कार्यकर्ताहरुले मितेरी पूलमा […]

२०७२ आश्विन १७ गते, आईतवार

नाकाबन्द हुनुमा राजनीतिक दलका नेता दोषी : सुन्दरमणि

काठमाडौं , १५ असोज । वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले नाका बन्द हुनुमा ठूला राजनीतिक दलका नेता दोषी रहेको आरोप लगाएका छन् । ‘जबर्जस्त रुपमा संविधान जारी गरेपछि मधेसका नेताहरुले अधिकारका लागि नाका बन्द गरेका हुन्’ उनले भने । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ र नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघको संयुक्त आयोजनामा संवाद डबलीमा भएको अन्तरक्रिया […]

२०७२ आश्विन १५ गते, शुक्रबार

संसद् अधिवेशन सुरु हुदै

काठमाडौ, १४ असोज । संविधान जारी भएपछि व्यवस्थापिका संसद्को पहिलो अधिवेशन आज अपराह्नवाट सुरु हुँदै छ । रूपान्तरित संसद्को पहिलो अधिवेशनले नयाँ सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपति र सभामुख–उपसभामुख चयन गर्नेछ। पहिलो बैठक अधिवेशन आहवानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र वाचनको औपचारिकतामा सीमित हुनेछ। सचिवालयले संसद्को अन्तरिम नियमावली र नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने गरी शुक्रबारै दोस्रो […]

२०७२ आश्विन १५ गते, शुक्रबार

अमेरिकी डिभी चिट्ठा खुल्यो

काठमाडौं, १४ असोज । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आजदेखि खुल्ने भएको छ । एकमहिना सम्म आवेदन दिन पाइन डिभी चिट्ठा असोज १४ गतेदेखि आवेदन खुला हुने अमेरिकी दुतावासले जनाएको छ । निशुल्क रुपमा कात्तिक १७ गतेसम्म आवेदन भर्न पाइने छ । २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनमार्फत दर्ता अवधि भित्र […]

२०७२ आश्विन १४ गते, बिहीबार

नाकाबन्दी खोल्ने संकेत

काठमाण्डौ,१३ असोज । भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी खुलाउने संकेत गरेको छ । नेपालमा संविधान जारी भएको झन्डै दुई हप्तापछि दक्षिणी छिमेकी भारतले नेपालमा संविधान जारी भएकोमा आफू असन्तुष्ट र बेखुसी नरहेको औपचारिक प्रतिक्रिया दिदै सो संकेत दिएको हो । नेपालस्थित भारतीय दूतावासले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नेपालको नयाँ संविधानमा भारत खुसी र […]

२०७२ आश्विन १३ गते, बुधबार

असहयोग आन्दोलन चलाउछौ : मधेसी मोर्चा

काठमाण्डौ,१३ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको रौतहटको गौरमा बसेको बैठकले असहयोग आन्दोलन चलाउने निर्णयका साथै औपचारिक वार्ताका लागि आठबुँदे सहमति कार्यान्वयनको राजनीतिक प्रतिवद्धता मागेको छ । बैठकले राज्यलाई कर नतिर्ने आहृवान गर्दै असहयोग आन्दोलन चलाउने निर्णय गरेको हो । सद्भावना अध्यक्ष राजेन्द्र महतोले अनलाइनखबरसँग भने-हामीले कर लगायतका कुनै पनि शुल्क नतिर्ने र असहयोग आन्दोलन […]

२०७२ आश्विन १३ गते, बुधबार