सर्वोदय पुस्तकालय घोराहीलाई पुस्तक प्रदान

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, लेखक तथा साहित्यकार अनिल शर्मा विरहीले सर्वोदय पुस्तकालय तथा वाचनालय घोराही दाङलाई पुस्तक पठाएका छन । उनले पार्टीका केन्द्रीय सदस्य सीता सी सम्झनामार्फत सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई विभिन्न ५१ थान पुस्तक पठाएका हुन् ।
लेखक तथा साहित्यकार विरहीले पठाएको पुस्तक पूर्व विधेयक तथा साहित्यकार सीता सी सम्झनाले सर्वोदय पुस्तकालयको भवनमै पुगेर पुस्तकालयका अध्यक्ष सुशील गौतमलाई हस्तान्तरण गरेकी छन ।
पुस्तकालय समाज र राष्ट्रको बौद्धिक सम्पत्ति भएकोले यसको संरक्षण र विकासमा सबैको सहयोग जरुरी रहेको पुस्तकालयका आजीवन सदस्य समेत रहेकी सीता सी सम्झनाले बताईन ।
पुस्तकालयका अध्यक्ष सुशील गौतमले पुस्तक ग्रहण गर्दै पुस्तक उपलब्ध गराउनु भएकोमा पुस्तकालयको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु