आयल निगमका क्षेत्रीय प्रमुख मधेसी मोर्चाको नियन्त्रणमा

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौ, १८ असोज । संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वको टोलीले नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई वीरगञ्जबाट नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका साहलाई मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा आफूहरुसँगै धर्नामा बसालेका छन् । इन्धनको सहज आपूर्तिका लागि भारतीय अधिकारीहरुसँग कुरा गर्न भारत जाँदै गर्दा मोर्चाका कार्यकर्ताहरुले आफूलाई नियन्त्रणमा लिएको क्षेत्रीय प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रियाहरु