राजनीति

सभामुख र उपसभामुखका लागि आज मतदान

काठमाडौ २९ असोज । तोकिएको समयसीमा भित्र सहमतिका आधारमा दलहरुले सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज व्यवस्थापिका संसदको सभामुख र उपसभामुख पदका लागि आज मतदान हुदैछ । उम्मेदवारको मनोनयन दर्ताका लागि आज बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समयसीमा निर्धारण गरेको छ । यस्तै सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा […]

२०७२ आश्विन २९ गते, शुक्रबार

मधेसी मोर्चासग वार्ता गर्न टोली बनाउने निर्णय

काठमाडौं, २८ असोज । सरकारले आज बिहान बसेको मन्त्रिपरिषद बैठकले मोर्चासँग वार्ताको लागि सरकारी टोली बनाउने निर्णय गरेको छ । साथै सरकारले मधेसी मोर्चालाई वार्तामा आउन फेरि आह्वान गरेको छ । बैठकले भारतसँगको नाका खुलाउन औपचारिक पहल गर्ने निर्णय गरेको छ । यसैबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल […]

२०७२ आश्विन २८ गते, बिहीबार

उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन

काठमाडौं, २८ असोज । सत्तारुढ दलले सरकार संचालनका लागि सहजीकरण गर्न भन्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । सिंहदरवारमा आज विहान बसेको सरकार समर्थित दलका शीर्ष नेताहरुको बैठकले सत्ता साझेदार मध्येको प्रमुख घटक एकीकृत माओवादी अध्यक्ष दाहलको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । संयन्त्रमा […]

२०७२ आश्विन २८ गते, बिहीबार

देशभरका नाकाहरु केहि खुकुलो

काठमाडौं, २८ असोज । भारतले लगाउँदै आएको अघोषित नाकाबन्दी मुलुकको प्रमुख भन्सार नाका वीरगन्जबाहेक अन्यत्र खुकुलो पार्दै लगेको छ । मुलुकको कुल आयातको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने वीरगन्ज नाका भने अझै ठप्प रहेको छ । वीरगन्ज नाका ठप्प हुँदा राजधानीलगायत देशैभर इन्धन, औषधीलगायत अत्यावश्यक सामाग्रीको अभाव कायमै छ । आयल निगमको तथ्यांक अनुसार कुल […]

२०७२ आश्विन २८ गते, बिहीबार

नयाँ सभामुख चयन प्रक्रिया सुरु हुदै

काठमाडौं, २७ असोज । सभामुख सुवासचन्द्र नेम्वाङले संसद्को आज बस्ने बैठक अघि नै पदबाट राजीनामा दिई नयाँ सभामुख चयनका लागि मार्गप्रसस्त गर्ने बताइएको छ । सभामुखले राजीनामा दिएपछि व्यवस्थापिका संसद्ले नयाँ सभामुख चयन प्रक्रिया सुरु गर्ने भएको छ । सभामुखले उपसभामुखसमक्ष राजीनामा दिनुपर्ने हुन्छ । नयाँ संविधानको धारा २९९ को उपधारा २ मा संसद् बैठक […]

२०७२ आश्विन २७ गते, बुधबार

प्रहरीद्वारा निःशुल्क गाडी संचालन

काठमाडौँ, २६ असोज । नेपाल प्रहरीले काठमाडौंका तीन रुटमा निःशुल्क गाडी संचालन गरेको छ । प्रहरीले काठमाडौंमा निःशुल्क गाडी चलाएपछि यात्रुलाई केही सहज भएको छ । इन्धन अभावले सार्वजनिक गाडी कम चल्दा यात्रुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै प्रहरीले आइतबार दिउँसोदेखि काठमाडौंमा निःशुल्क गाडी चलाउन थालेको हो । प्रहरीका अनुसार पहिलो रुटको गाडी बिहान ११ […]

२०७२ आश्विन २६ गते, मंगलवार

आठ सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नयाँ मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री छन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले राष्ट्रपति डा. रामवरण यादव समक्ष समथ लिएका छन् । लगतै सत्ता साझेदार तीन दललाई समेटेर मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ मन्त्रिपरिषद्को उपप्रधानमन्त्रीमा कमल थापा र विजय गच्छदार छन् । मन्त्रीहरुमा […]

२०७२ आश्विन २५ गते, सोमबार

प्रधानमन्त्री ओली र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, २५ असोज। प्रधानमन्त्री केपी ओली र नेपालका लागि भारतीय राजदूत रञ्जित रायबीच आज बिहान भेटवार्ता भएको छ । राजदूत राय सोमबार बिहानै प्रधानमन्त्री ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । राजदूत रायले प्रधानमन्त्री बनेकोमा ओलीलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन । उनले नाकामा भैरहेको अवरोध चाँडै हट्ने आश्वासन समेत दिएको ओलीको निजी […]

२०७२ आश्विन २५ गते, सोमबार

ओली प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौं, २४ असोज । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई पराजित गर्दै ओली नेपालको ३८ औं प्रधानमन्त्री बनेका हुन् । ओलीले ३३८ मत पाए भने कोइरालाले २४९ मत पाएका छन् । एकीकृत माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी […]

२०७२ आश्विन २४ गते, आईतवार

३८ औं प्रधानमन्त्रीका लागि चुनाव हुदै

काठमाडौ, २४ असोज । व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८औं प्रधानमन्त्री आज चयन गर्नेछ । आज बिहान ११ बजे बोलाइएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचित गर्नेछ । प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन । नेकपा एमालेका अध्यक्ष ओली पार्टीका सभासद, एमाओवादी […]

२०७२ आश्विन २४ गते, आईतवार