केपी ओलीलाई साम्राज्यवादसँग घुँडा नटेक्न आग्रह

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य सुमनसिंहले केपी ओलीलाई साम्राज्यवादसँग घुँडा नटेक्न आग्रह गरेका छन । एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न बिहीबार इलाममा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
सभामा केपी ओलीसँगै रहेका उनले हज्जारौं मतदातालाई सम्बाेधन गर्दै नेपाली जनताको सपना समाजवाद भएको र समाजवाद विरुद्ध, कम्युनिस्ट आन्दोलन विरुद्ध साम्राज्यवाद सबै छिद्रबाट चलखेल गरिरहेकाले रातो झण्डाको रक्षाको निम्ति अहिले सुहाङलाई सहयोग गर्नु परेको बताए ।
चौध वर्ष जेल बस्ने केपी ओली यो समयमा साम्राज्यवादसँग घुँडा टेक्लान् भन्ने आफुलाई विश्वास नभएको बताउदै ओलीहरु लड्ने समय आएको र त्यसको निम्ति तयार रहनु पर्ने उनले बताए । हिजो अस्तिसम्म परिस्थिति अर्कै थियो, आज नयाँ ढंगले विना पूर्वाग्रह सोच्नु पर्ने परिस्थिति बनेको बताउदै उनले रातो झण्डा बोक्ने सुहाङलाई जिताउन अपिल गरे ।

प्रतिक्रियाहरु