राजनीति

एमाओवादी नेता खनालको निधन

काठमाडौँ। एकीकृत नेकपा (माओवादी)का पूर्व केन्द्रीय समिति सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य मुक्ति खनालको मङ्गलबार राति श्वासप्रश्वाससम्बन्धी रोगको उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राखिएको खनालको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जली दिन एमाओवादीका नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी […]

२०७२ भाद्र ३१ गते, बिहीबार

‘असोज ३ गते कालाेदिन ‘

काठमाडौं, ३० भदौ । तिन दलको पहलमा बन्दुकको गोलीबाट असोज ३ गते जारी गरिने संविधानको कुनै औचित्य नरहेको थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताएका छन् । थरुहट थारुवान संघर्ष समिति फूलबारीले मंगलबार आयोजना गरेको विशाल विरोध सभामा उनले सो कुरा बताएका हुन् । नेता चौधरीले ४ लाख जनताको मागलाई व्यवास्ता गरी जारी गर्न […]

२०७२ भाद्र ३० गते, बुधबार

संविधानसभामा आज पनि मतदान

काठमाडौं, २९ भदौ । संविधानसभाको बैठक आज बिहान १० बजेपछि संविधानसभा भवन नयाँ बानेश्वरमा बस्दैछ । बैठकमा संविधानसभाले परिमार्जित गरेको विधेयकमा परेका संशोधन प्रस्तावमाथि मतदान प्रक्रिया जारी रहेको छ । सोमबारको बैठकबाट संविधानको विधेयक माथिका चार भाग र ५७ धारा पारित भएका छन् । सोमबार तीन पटकसम्म बसेको संविधानसभाको बैठकले मतदान प्रक्रियाबाट चार भाग र […]

२०७२ भाद्र २९ गते, मंगलवार

संविधान सभामा संविधानको विधेयकमाथि मतदान जारी

काठमाडौ २८ भदौ । आजपनि संविधान सभामा संविधानको धाराहरुमाथि मतदान प्रक्रिया जारी रहनेछ । विधान सभा भवनमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा आज पनि बाँकी रहेका धाराहरु माथि मतदानका लागि निणयार्थ पेश गर्ने कार्यसुची रहेको संविधान सभा सचिवालयले जनाएको छ । यसअघि हिजो बसेको संविधान सभा बैठबाट नयाँ संविधानका ३ वटा धारा पारित गरेको […]

२०७२ भाद्र २८ गते, सोमबार

संविधान सभामा मतदान सरु हुदै

काठमाडौ, २७ भदौ । नयाँ स‌ंविधानका निम्ति आज बेलुकादेखि मतदान सुरु हुने भएको छ। आज अपरान्ह बसेको संविधानसभाको बैठकलाई शीर्ष नेताहरुले सम्बोधन गरिसकेपछि अपरान्ह ५ बजेसम्मका लागि बैठक स्थगित भएको छ । संविधान विधेयकमा दफावार छलफल सकिएपछि मतदानको प्रकियामा जान लागिएको हो। सुरुमा संविधानका धारामाथि मतदान भइसकेपछि संविधान विधेयक नै संविधानको रुपमा पारित हुनेछ। संविधानसभालाई […]

२०७२ भाद्र २७ गते, आईतवार

संविधान सभामा मतदान प्रक्रिया सुरु हुदै

काठमाडौ, २७ भदौ । आज संविधानसभाको बैठक बस्दैछ । संविधानसभा सचिवालयले आज संविधान विधेयकलाई मतदानमा लैजाने अन्तिम तयारी गरेको बताइएको छ । साढे ११ बजे सुरु हुने बैठकको सुरुमै चार प्रमुख दलका शीर्ष नेतालाई बोल्न दिएपछि प्रक्रिया अघि बढाइने छ । संविधानसभाको प्रक्रिया दुई दिनलाई स्थगित भएको थियो । कांग्रेस, एमाले र एमाओवादीले असन्तुष्ट दलहरूलाई […]

२०७२ भाद्र २७ गते, आईतवार

खेलकुद मन्त्री र अख्तियारबीच भाले भिडन्त

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ । मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको आयोगको ठहर छ । आयोगले मन्त्री पौडेलले अनुचित काम […]

२०७२ भाद्र २६ गते, शनिबार

जनकपुरमा गोली चल्यो , २ जनाको मृत्यु

काठमाण्डौ,२५ भदौ । जनकपुरमा प्रहरीको गोली लागि २ प्रदर्शनकारीको मुत्यु भएको छ । निषेधाज्ञा तोड्दै प्रर्दशन गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीको चलाएको गोली लागी धनुषा जमुनियाका करिब १८ बर्षका नितुकुमार यादव र सबैलाका बिनोदकुमार शाहको मृत्यु भएको छ । झडपमा ५० भन्दा बढी घाइते भएका छन् । जनकपुरमा […]

२०७२ भाद्र २५ गते, शुक्रबार

संविधानसभामा मतदान प्रक्रिया सुरु हुँदै

काठमाडौं, २५ भदौ । आजदेखि नयाँ संविधानका लागि संविधानसभामा मतदान प्रक्रिया शुरु हुने भएको छ । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलका शीर्ष नेताहरुलाई शुक्रबार अपरान्हदेखि संविधान विधेयकमाथि मतदानको प्रक्रिया शुरु गर्ने जानकारी दिएका छन् । तीन दलका शीर्ष नेताले धारणा राखेपछि विधेयकमाथि मतदान शुरु हुने छ । विधेयकमाथिको दफावार छलफल लगभग सम्पन्न भएको छ […]

२०७२ भाद्र २५ गते, शुक्रबार

आज बीपी जयन्ती

काठमाडौा, २४ भदौ । आज विश्वेश्वरप्रसाद कोइरालाको १०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपाली काग्रेसले आज केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय सुन्दरीजललगायत देशका विभिन्न ठाउमा कार्यक्रम गरि मनाउदै छ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ […]

२०७२ भाद्र २४ गते, बिहीबार