सरकार सहकारीका समस्या समाधान गर्न उद्दत

२०८१ बैशाख १३ गते, बिहीबार


काठमाडौँ । आजको मन्त्रिपरिषद बैठकले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता रेखा शर्माले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको जानकारी दिइन्।
प्रवक्ता शर्माका अनुसार बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ। त्यसैगरी देशभरका विभिन्न स्थानमा भइरहेको आगलागीको क्षति न्यूनिकरण गर्न र तत्काल आगलागी नियन्त्रण गर्न लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भएको छ ।
बैठकमा लगानी सम्मेनलका विषयमा छलफल भएको भन्दै विदेशबाट देखिएको उत्साहलाई लगानीमा बदल्न सक्ने गरि सम्भावनाको खोजी गर्नुपर्ने प्रवक्ता शर्माले बताइन्। उनले लगानी सम्मेलनको तयारी तीव्र रुपमा भइरहेको समेत जानकारी दिइन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु