काठमाडौँको वायु विश्वकै सबैभन्दा बढी प्रदुषित

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । एयर क्वालिटी इन्डेक्सका अनुसार काठमाडौं उपत्यकाको वायुप्रदूषण तह बढेर विश्व कै सबैभन्दा बढी रहेको छ। आज उपत्यकाको वायुप्रदूषण तह १९४ एक्यूआइसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ। लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ।
प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ। १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ।
२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ। काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु