नवलपरासीमा मधेसी सांसदलाई प्रवेश निषेध

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौ, १९ असोज । मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले जिल्लाको मधेस क्षेत्रका सांसदहरुलाई आफ्नो क्षेत्र प्रवेशमा निषेध घोषणा गरेको छ।
मधेसमा विगत लामो समयदेखि मधेसी जनता आन्दोलित भईरहँदा पनि नयाँ संविधानमा मधेसीको अधिकार स्थापित गर्न भुमिका नखेलेको भन्दै मोर्चाले आजदेखि नवलपरासीको क्षेत्र नं. ४, ५ र ६ का सांसदहरुलाई प्रवेश निषेध गरेको जनाएको छ ।
मधेसका प्रतिनिधि भएर पनि मधेसको आन्दोलनलाई वेवास्ता गरेको, मधेससँग विगतमा भएका सम्झौता कार्यान्वयनमा पहल नगरेकाले प्रवेशमा निषेध गरिएको मोर्चाका संयोजक मुकुरजी गिरीले बताए । मोर्चाको निषेधका बावजुद सांसदहरु प्रवेश गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम सांसद र तिनका पार्टीहरुले लिनुपर्ने मोर्चाले चेतावनि पनि दिएको छ ।

प्रतिक्रियाहरु