इण्डियन प्रिमियर लिग : कोलकोता र पञ्जाव भिड्दै

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज राति ७: ४५ बजेदेखि कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । जारी आइपिएलमा कोलकोताले अहिलेसम्म ७ खेलमा ५ जितहासिल गर्दै १० अंकसहित दोस्रो स्थानमा रहेको छ । कोलकोताले अहिलेसम्म २ खेलमा हार बेहोरेको छ ।
त्यसैगरी पञ्जावले भने यस सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिलेसम्म खेलेका ८ खेलमा ६ खेलमा हार बेहोरेको पञ्जावले केवल २ खेलमा जित हासिल गरेको छ । कोलकोता श्रेयस अय्यरको कप्तानीमा आइपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आइपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आइपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् ।
त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ । कोलकोताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।
पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु