काठमाडौँका बिभिन्न स्थानमा आपूर्ति बन्द हुने

२०८१ बैशाख १४ गते, शुक्रबार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित १३२ केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले शनिबार, सोमबार र मंगलबार यस क्षेत्रका विभिन्न स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने बताइएको छ । आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको तार परिवर्तन गर्ने भएकोले विद्युत् आपूर्ति बन्द हुने बताइएको छ ।
सीतापाइला (कुलेश्वर वितरण केन्द्र) मा आगामी शनिबार, सोमबार र मंगलबार र इचड्गु फिडर र एलटी लाइन फिडर (बालाजु वितरण केन्द्र) मा आइतबार विद्युत् आपूर्ति प्रभावित हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु