बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु दु:खद

२०८१ बैशाख १४ गते, शुक्रबार


काठमाडौँ । राज्यद्वारा बेपत्ता पारिएका अखिल (क्रान्तिकारी)का तत्कालीन महासचिव पुर्ण पौडेलको स्मृतिमा बेपत्ता नागरिक र शान्ति प्रक्रिया´ बिषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बेपत्ताहरुको स्थिति सार्वजनिक नहुनु दु:खद भएको बताएका छन। उक्त अन्तरक्रिया कार्यक्रममा बेपत्ता योद्धा परिवारका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथी विभिन्न क्षेत्रका जानकारहरुले टिप्पणी गर्दै १ हजार ९५ बेपत्ताहरुको स्थिति सार्वजनिकरण हुन नसक्नु राज्यको गैरजिम्मेवारपन र उनिहरुका आफन्तहरू माथिको अन्याय भएको बताएका थिए। कार्यपत्रमाथी टिप्पणी गर्दै बरिस्ठ अधिबक्ता तिलक पराजुलीले तत्कालीन विद्यार्थी नेता पुर्ण पौडेललाई राज्यले बेपत्ता पारेर अन्याय गरेको भएपनि त्यसबाट थप उर्जा लिएर अगाडि बढ्नुपर्ने र राज्यले बेपत्ताहरुको स्थिति सार्वजनिक नगर्नु उनिहरुको अपमान भएको बताए। प्राध्यापक कमल ढकालले अन्तर्कृयामा प्रस्तुत कार्यपत्र सहि , तथ्यमा आधारित र बस्तुनिष्ठ भएको भन्दै पुर्ण पौडेल समाजमा व्याप्त भ्रष्टाचार, सामाजिक, राजनीतिक बिकृती विरुद्धको राको भएर उभिएको योद्दा भएको बताए। गण्डकी प्रदेशका अर्थमन्त्री हरिबहादुर चुमानले पुर्ण पौडेल पञ्चायती व्यवस्थादेखि नै आफू र आफ्नो परिवारलाई राजनीतिक आन्दोलनमा सहभागी गर्दै अगाडि बढेको उर्जाशिल योदा भएको स्मरण गर्दै राज्यले उनी लगायत सबै बेपत्ताहरुको स्थिति सार्वजनिक गर्नुपर्ने र माओवादीलाई अझै बिद्रोहीको रूपमा हेरिनु दु:खद भएको टिप्पणी गरेका थिए। त्यस्तै कार्यक्रममा नेकपा नेता राजन सीले पुर्ण पौडेलसङ्ग जनयुद्धको शुरुआतदेखि नै भेटघाट र चिनजान भएको सन्दर्भ कोट्याउदै बेपत्ताहरुबारे राज्य अझै नबोल्नुले देशमा पुरानो सत्ताको आधारभूत चरीत्र बदलिन नसक्नु र जनताको सत्ता स्थापित हुन नसक्नु जस्ता राजनीतिक समस्याले काम गरिरहेको बिचार व्यक्त गरेका थिए भने पूर्वसंसद हरि अधिकारीले सेना समायोजन र संविधान निर्माण लगायतका कामहरू सम्पन्न भए पनि माओवादी आन्दोलनको फुट र बिभाजनले शान्ति प्रक्रियाका अन्य कामहरू प्रभावित भएको भन्दै माओवादी आन्दोलनको एकता जरुरी रहेको बताए।

नेपाल समाजवादीका नेता हिराबहादुर थापाले पुर्ण पौडेलको योगदानको चर्चा र स्मरण गर्दै उहाँको स्थितिबारे परिवार र समाजले थाहा पाउन नसक्नु दु:खद भएको बताए।कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता नारायण अधिकारीले क्रान्ति पूरा भएको छैन,सहिद र बेपत्ताहरुका सपना अधुरै रहेकोले नेपालमा क्रान्तिको निरन्तरता अनिवार्य भएको बताए। नेपाल समाजवादीका नेता एवम् पूर्व साङ्सद फणीन्द्र देबकोटाले पुर्ण पौडेल निकै उर्जाशिल र जुझारु योद्धा भएको, विद्यार्थी आन्दोलनको क्रममा उहाँलाई नजीकबाट बुझेको र उहाँको उर्जा र जुझारुपानबाट आफू प्रभावित र उत्साहित रहेको भन्दै उनको स्मरण गरे। सहिद तथा बेपत्तापरिवारहरु,मानवअधिकारकर्मीहरु,नागरिक सामज र विभिन्न प्रतिस्ठानका अध्यक्षहरु सम्मीलित उक्त कार्यक्रममा प्रतिस्ठानका अध्यक्ष केदार पौडेलले अध्यक्षता गरेका थिए। बिहिवार पोखरामा आयोजित उक्त कार्यक्रममा प्रतिस्ठानकी संरक्षक तथा बेपत्ता योद्धा पुर्ण पौडेलकी आमा मोतीमाया पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिस्ठान सदस्य तथा सहिदस्मृति बिधालय पोखराकी प्रधानाध्यापक कल्पना चिलुवालले मन्तव्यद्वारा स्वागत गरेकी थिइन्भ ने उक्त कार्यक्रमको सञ्चालन बेपत्ता योद्धा पुर्ण पौडेलकी जीवन साथी एवम् नेकपा नेतृ साबित्रा सीआस्था´ले गरेकी थिइन् ।

प्रतिक्रियाहरु