अमेरिकी डिभी चिट्ठा खुल्यो

२०७२ आश्विन १४ गते, बिहीबार

काठमाडौं, १४ असोज । अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आजदेखि खुल्ने भएको छ । एकमहिना सम्म आवेदन दिन पाइन डिभी चिट्ठा असोज १४ गतेदेखि आवेदन खुला हुने अमेरिकी दुतावासले जनाएको छ । निशुल्क रुपमा कात्तिक १७ गतेसम्म आवेदन भर्न पाइने छ । २०१७ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदन अनलाइनमार्फत दर्ता अवधि भित्र पेश गर्नुपर्नेछ । आवेदकहरूले दर्ता अवधिको बेलामा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा आवेदन फारम भर्न सक्नेछन् ।
दर्ता गरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ र प्रिन्ट गर्नु पर्नेछ । आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि सेयर नगर्न अमेरिकी दूताबासले आग्रह गरेको छ ।
आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना अनिवार्य राख्नु पर्नेछ । तर छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको इमेलमार्फत् सूचित गरिने छैन । आवेदकले प्लस टु उत्तिर्ण गरेको हुनुपर्नेछ ।
चिठ्ठा परेपछि भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले योग्यता पूर्ण छ वा छैन परीक्षण गर्नेछ । त्यसपछि अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि योग्य रहे नरहेको हेरेरमात्र निर्णय लिनेछन् ।

प्रतिक्रियाहरु