मुख्य समाचार

१६ बुँदेलाइ सर्वोच्चको लोप्पा

काठमाडौं, ४ असार । चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलाशले शुक्रबार सहमतिका केही बुँदा अन्तरिम संविधान र कानुनसँग बाझिने खालका भएको भन्दै जुन अवस्थामा रहेको छ त्यही राख्न आदेश दिएको हो । विजयकान्त कर्ण र रक्षाराम हरिचनले दायर गरेको […]

२०७२ असार ४ गते, शुक्रबार

प्रचण्डले बुझ्छन् मासिक सवा लाख तलब

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कति तलब सुविधा बुझ्छन् भन्ने विषय सबैको चासोको विषय हुनसक्छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयबाट प्रमुख प्रतिपक्ष दलका नेताका हैसियतले मासिक रुपमा तलब सुविधा बुझ्दै आएका छन । प्रचण्ड संविधानसभा दोश्रो निर्वाचनमा सिराहा – ५ बाट विजयी भएका थिए। उनि मासिक तलब – ४७ […]

२०७२ असार ४ गते, शुक्रबार

शान्ति सम्झौतालाइँ लत्याए परिणाम घातक : प्रकाण्ड

काठ्माडौ, ३ असार । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले ४ दलले १२ बुँदे सहमति र बिस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई लत्याउँदै गए त्यसको परिणाम घातक हुने चेतावनी दिएका छन् । बिहिबार काठमाडौँको गोलढुङगामा सशस्त्र द्वन्दकाे क्रममा राज्यबाट बेपत्ता पारिएका विद्यार्थी नेता विपिन भण्डारी, दिल बहादुर राईलगायतको सम्झना तथा सम्मान कार्यक्रममा बोल्दै साे […]

२०७२ असार ३ गते, बिहीबार

सभासदको मासिक तलब लाख भन्दा माथि

काठमाडौं । संविधानसभाको एकजना सभासदले स्वकीय सचिवालयको खर्च सुविधासहित मासिक झन्डै १ लाख बुझ्ने गर्छन् ।सभासदले विभिन्न शीर्षकमा पाउने रकमसमेत जोड्दा मासिक ९९ हजार ४ सय ८ रुपैयाँ पुग्छ ।सभासदले मासिकरुपमा पाउने पारिश्रमिक तथा सुविधाको विवरण यस्तो छ : पारिश्रमिक ४४,१८०।– धारा–बिजुली १,२४८।– टेलिफोन २,०००।– आवास ६,५००।– मसलन्द १,०००।– पत्रपत्रिका ३००।– स्वकीय सचिवालय सुविधा २४,४००।– […]

२०७२ जेष्ठ ३२ गते, सोमबार

जनताको मन जितेपछि मात्र स्वयमसेवा सफल भएको मानिन्छ : विप्लव

काठमाडौँ । ‘भूकम्पीय ध्वंसलाई निर्माण बदलौँ, विपतीलाई सम्बृद्धिको आधार बनाऔँ’ भन्ने नाराका साथ माओवादीले सुरु गरेको उद्धार, राहत र पुनर्निर्माण’ दोस्रो चरणको अभियानको समिक्षा गरेको छ । भूकम्प प्रभावित १७ जिल्लाबाट अभियान सकेर फर्केका नेता कार्यकर्ताको सम्मानको लागि काठमाडौँको चोवारमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । पार्टी महासचिव विप्लवले भूकम्पपीडितको उद्धार,राहत र पुनर्निर्मामा खटेको नेता […]

२०७२ जेष्ठ ३० गते, शनिबार

ताप्लेजुङको पहिरो पीडितको उद्धारमा लाग : विप्लव

काठमाडौँ २९ जेठ । नेकपा माओवादीका महासचिव विप्लवले भुकम्पपछि मुलुकभरि बाढी पहिरोको समस्या आएको भन्दै सबैको ध्यान त्यता केन्द्रित गर्न आग्रह गरेका छन ।महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले आफ्नो सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह गरेका छन् । साथै […]

२०७२ जेष्ठ २९ गते, शुक्रबार

हामीमाथि गम्भीर विश्वासघात भयो, अब पार्टी एकता हुन सक्दैन : बैद्य

काठमाडौं , २७ जेठ । नेकपा-माओवादीले एमाओवादीसँगको एकता प्रक्रिया भंग भएको घोषणा गरेको छ । साथै उसले पाँच माओवादीको एकता मोर्चाको औचित्य सकिएको समेत बताएको छ । प्रमुख चार दलबीच संविधानको विवादित विषयमा भएको १६ बुँदे सहमतिप्रति पार्टीको धारणा सार्वजनिक गर्न आज पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार भेटघाटमा माओवादीका अध्यक्ष मोहन बैद्यले अब एकता […]

२०७२ जेष्ठ २७ गते, बुधबार

१६ बुँदे सहमतिप्रति विप्लबको कडा आपत्ति , प्रतिक्रान्तिकारी कदम भएको ठोकुवा

काठमाडौं, २६ जेठ । नेकपा माओवादीले सोमबार राति प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिलाई गद्धारी र धोकाको साठगाँठको संज्ञा दिएको छ । यो प्रतिक्रान्तिकारी कदमको निरन्तरता रहेको माओवादीको ठहर छ । माओवादीका प्रवक्ता प्रकाण्डले ‘विगतमा जनताले आशंका गरेजस्तै प्रचण्डले क्रान्तिप्रति धोखा दिएको’ भन्दै यसले ‘प्रचण्डको असली चरित्र उदाङ्गो’ बनाएको बताए । प्रवक्ता प्रकाण्डले […]

२०७२ जेष्ठ २६ गते, मंगलवार

भूकम्पपीडितका लागि टहरा निर्माण गर्दै माओवादी प्रबक्ता

काठमाडाैँ, २३ जेठ । नेकपा माओवादीका प्रबक्ता प्रकाण्ड सनिबार दिनभरि भक्तपुरकाे नलिनचोकका भूकम्पपीडितका लागि टहरा निर्माण कार्यमा खटिएका छन । प्रबक्ता प्रकाण्ड माओवादीको भूकम्पपीडित उद्दार, राहत र पुनर्निर्माण अभियानकाे दोस्रो चरणको कार्यक्रम अनुसार भक्तपुरकाे नलिनचोकका भूकम्पपीडितका टहरा निर्माण कार्यकाे नेतृत्व गर्दै टहरा निर्माणमा दिनभर खटिएका हुन् । पुनर्निर्माण टोलीको नेतृत्व गर्दै उनी शनिबार जिल्लाको नलिनचोकको […]

२०७२ जेष्ठ २३ गते, शनिबार

‘राहतमा भ्रष्टाचार गर्नेलाई कार्बाही गर्छौं ’

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले भूकम्प प्रभावित जनताका लागि आएको राहत रकम र सामाग्रीमा भ्रष्टाचार गर्ने जुनसुकै भ्रष्ट तत्वलाई पार्टीले कार्बाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरको नलिनचोकमा भूकम्प प्रभावित जनताको घर पुननिमार्णका लागि खटिएका पार्टीका स्वयसेवक कार्यकर्ताहरुलाई निर्देशन दिँदै प्रवक्ता प्रकाण्डले उक्त चेतावनी दिएका हुन । उनले भूकम्प पछिको उद्धार र […]

२०७२ जेष्ठ २३ गते, शनिबार