शान्ति सम्झौतालाइँ लत्याए परिणाम घातक : प्रकाण्ड

२०७२ असार ३ गते, बिहीबार

काठ्माडौ, ३ असार । नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले ४ दलले १२ बुँदे सहमति र बिस्तृत शान्ति सम्झौताको मर्म र भावनालाई लत्याउँदै गए त्यसको परिणाम घातक हुने चेतावनी दिएका छन् ।
बिहिबार काठमाडौँको गोलढुङगामा सशस्त्र द्वन्दकाे क्रममा राज्यबाट बेपत्ता पारिएका विद्यार्थी नेता विपिन भण्डारी, दिल बहादुर राईलगायतको सम्झना तथा सम्मान कार्यक्रममा बोल्दै साे कुरा बताएका हुन् ।
जनयुद्धबाट आएको महत्वपूर्ण शक्तिलाई बाहिर राखेर गरेको १६ बुँदे सम्झौताप्रति आपत्ति जनाउँदै प्रबक्ता प्रकाण्डले भने ‘१२ बुँदे सहमति र शान्ति सम्झौतामा संसदिय ब्यबस्थामा जानेकुरा गरेकाे छैन, आफूलाई माओवादी ठान्नेले कसरी यस्तो घातक विषयमा अाँखा चिम्लेर सहमति जनाए ।’
यसरी माओवादी आन्दोलन कमजोर भएको मौका छोपेर पश्चगामी शक्तिहरुले जनयूद्धले स्थापित गरेका मूल्य मान्यतालाई समाप्त गर्दै लगेको उनको ठहर छ ।
यदि एमाले काँग्रेस १२ बुदे बाट भागे या १६ बुँदेलाई नै १२ बुँदे सहमति र विष्तृत शान्ति सम्झौताको रुपमा ब्याख्या गर्न थाले नेपाली जनताले उनिहरु बिरुद्ध कडा संर्घष गर्ने बताए ।
माओवादी नेत्री खुमा सुवेदीले तत्कालीन सरकारले कापी र कलम बोकेका युवा विद्यार्थीहरुलाई बन्दुक धारी सम्झेर वेपत्ता पारेको भन्दै १३ बर्ष विति सक्दा पनि छानबीन नगर्नू निन्दनिय भएको बताइन् ।
वेपत्ता भएका अखिल क्रन्तिकारीका सचिवालय सदस्य विपिन भण्डारीका बुबा एकराज भण्डारीले मेरा जस्ता हजारौँ छोराहरु बेपत्ता पारिए सहिद भए तर आज तत्कालीन माओवादी नेताहरु उनिरुको सम्मान गर्नु भन्दा ब्याज खाएर रमाइरहेको प्रति दुःखित भएको बताए ।
त्यसैगरी एकीकृत नेकपा (माओवादी)का केन्द्रीय सदस्य देबेन्द्र पराजुलीले अहिले पनि सरकार र सत्तामा तत्कालिन राजाले सञ्चालान गरेको जस्तै पश्चगामी शक्ति रहेको बताउँदै भने ‘यो १६ बुँदे सहमति पनि बाध्यात्मक हो ।’
कार्यक्रमा नेपाली काँग्रेसका युवा नेता मनोजमणी आचार्यले जनयुद्धले उठान गरेका धेरै मुद्दाहरु अग्रामी रहेको र नेपाली काँग्रेसका युवानेताहरुको पनि कति पय बिषयमा सहमति रहेको जनाउँदै उनले भने ‘अहिलेको समयमा हामी युवाहरु खास स्थानमा पुगि नसकेको र आगामी दिनहरुमा साथ् दिन्छौ तर १६ बुदे बिरुद्ध नजान आग्रह गर्दछौँ ।’
विप्लव निकट माओवादीका भातृ संगठन अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाइली सहिद र वेपत्ताहरुका लास या कंकाल भेटे पनि नभेटे पनि उनिहरुले देखाएको बाटो र उद्देश्य भने पक्कै भेट्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी एमाओवादी निकट अखिल क्रन्तिकारीका अध्यक्ष रमेश मल्लले आफ्ना पार्टी अध्यक्ष प्रचण्डले सहमति जनाएको १६ बुदे सहमति प्रति आपत्ति जनाउँदै भने ‘प्रचण्डले जनयुद्धको स्प्रिट भन्दा सहमति जनाउनु भएपनि हामी आम माओवादी युवाहरुको गंभिर असहमति छ । बैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष सुरेश गौतमले भने ‘माओवादी मूल्य मन्यता आर्दशलाई नेता कार्यकताहरुले भूल्दै जाँदाको परिणम हो संसदवादीको बहुल्यता ।’-धनन्जय बुढा

प्रतिक्रियाहरु