काठमाडौँका बिभिन्न स्थानमा विद्युत् अवरुद्ध हुने

२०८१ बैशाख २२ गते, शनिबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले भोलीबाट काठमाडौँका विभिन्न स्थानमा विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गर्दै कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो । यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

प्रतिक्रियाहरु