सभासदको मासिक तलब लाख भन्दा माथि

२०७२ जेष्ठ ३२ गते, सोमबार

काठमाडौं । संविधानसभाको एकजना सभासदले स्वकीय सचिवालयको खर्च सुविधासहित मासिक झन्डै १ लाख बुझ्ने गर्छन् ।सभासदले विभिन्न शीर्षकमा पाउने रकमसमेत जोड्दा मासिक ९९ हजार ४ सय ८ रुपैयाँ पुग्छ ।सभासदले मासिकरुपमा पाउने पारिश्रमिक तथा सुविधाको विवरण यस्तो छ :
पारिश्रमिक ४४,१८०।–
धारा–बिजुली १,२४८।–
टेलिफोन २,०००।–
आवास ६,५००।–
मसलन्द १,०००।–
पत्रपत्रिका ३००।–
स्वकीय सचिवालय सुविधा २४,४००।–
जम्मा पाउने रकम ९९,४०८।–
अन्य सुविधा
योबाहेक एक सभासदले बैठक भत्ताबापत दैनिक दुई सय रुपैयाँ पाउँछन् । संसद तथा संविधानसभाका समितिका बैठक र अधिवेशनमा उपस्थित भएका दिन परिवहन भत्ताबापत १ सय ५० रुपैयाँ पाउनेछन् ।आफ्नो निर्वाचन क्षेत्र वा बासस्थानबाट अधिवेशन वा समितिका बैठकमा भाग लिन आउँदा–जाँदा दुईजनाको भ्रमण खर्च पाउने व्यवस्था रहेको छ । एक कार्यकालमा फर्निचर सुविधाबापत १५ हजार रुपैयाँ पाउँछन् । महंगी भत्ताबापत मासिक १ हजार रुपैयाँ पाउछन् ।

प्रतिक्रियाहरु