ताप्लेजुङको पहिरो पीडितको उद्धारमा लाग : विप्लव

२०७२ जेष्ठ २९ गते, शुक्रबार

काठमाडौँ २९ जेठ । नेकपा माओवादीका महासचिव विप्लवले भुकम्पपछि मुलुकभरि बाढी पहिरोको समस्या आएको भन्दै सबैको ध्यान त्यता केन्द्रित गर्न आग्रह गरेका छन ।महासचिव विप्लवले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हुन् । महासचिव विप्लवले आफ्नो सम्पूर्ण पार्टी पङ्क्तिलाई जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह गरेका छन् ।
साथै पार्टीको पूर्वाञ्चल ब्यूरोलाई ताप्लेजुङका पहिरो पीडितहरुको उद्धारमा जुट्न निर्देशन पनि गरेका छन् । पूर्वी नेपालमा परेको भारी वर्षाका कारण ताप्लेजुङमा गएको पहिरोमा परी निधन नागरिकहरुप्रति महासचिव विप्लवले श्रद्धाञ्जली व्यक्ति गरेका छन् ।साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना पनि गरेका छन् । गत जेठ २६ गते राती ताप्लेजुङमा गएको पहिरोेमा परी जिल्लाका ६ भन्दा बढी गाविसमा ठूलो प्रभाव परेको छ । पहिरोमा परी अहिलेसम्म ५८ जनाको मृत्यु भइसकेका खबर आएको छ । साथै ठूलो संख्यामा मानिसहरु वेपत्ता परेको खबर छ ।
माओवादीका महासचिव विप्लवले आज जारी गरेको प्रेस वक्तव्य को पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘ जेष्ठ २६ गते राती पुर्वी नेपालमा परेको भारी वर्षाको कारण ताप्लेजुङमा बाढी पहिरोबाट ५८ जना नागरिकहरुको मुत्यु भएको छ । थुप्रै वेपत्ता र दर्जनौं घाइते हुनु भएको छ । यस दुखत घडीमा ज्यान गुमाउनु भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै ज्यान गुमाउनु भएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरिन्छ । भू कम्पीय विपत्तिबाट सामान्य नहुँदै बाढी पहिरोले ठूलो क्षति हुन पुगेको छ । यस प्राकृतिक विपत्तिको समयमा सम्पूर्ण पार्टी पंक्ति जनताको उद्धारमा सहभागी बन्न र सक्दो राहत उपलब्ध गराउन आग्रह गरिन्छ । विशेषतः पुर्वी व्यूरो उद्दार र सहयोगमा यथाशिघ्र जुट् न निर्देशन गरिन्छ । ‘

प्रतिक्रियाहरु