अग्नी पीडितलाई गास बासको व्यवस्था गर

२०८१ बैशाख २२ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपालले अग्नी पीडितलाई गास बासको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ । सो संगठनका अध्यक्ष दिनेश सीले शुक्रबार विज्ञप्ति जारी गर्दै ४८ जिल्लाका अग्नी पीडिलाई राहत, उद्धार तथा गास बासको व्यवस्था गर्न माग गरेका हुन् ।
संगठनका अध्यक्ष दिनेश सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘चैतको अन्तिम सातादेखि देशका उच्च पहाडी, मध्य र तराई लगायतका ४८ जिल्लाहरूमा डढेलोको प्रकोप तीव्र गतिमा फैलिदै गईरहेको छ डढेलोका कारण मानविय क्षती हुनुका साथै घर जलेर नस्ट भएका छन् । यस दुःखद क्षणमा युवा संगठन नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । आगलागीबाट विभिन्न जिल्लाहरुमा ज्यान गुमाउने नागरिकहरु प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घर परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।
आगलागीबाट पिडित नागरिकलाई तत्काल राहत उपलब्ध गर्न, उचित गास बासको व्यवस्था गर्न, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्न, वृद्ध वृद्घा, वालवालिका र गर्भवती महिलाहरुको विशेष रुपले गाँस, बास र स्वास्थ्यको ख्याल गर्न र डढेलो नियन्त्रणका लागि सरकारले सम्पूर्ण साधन श्रोत र शक्ति परिचालन गर्न नेपाल सरकारसँग हाम्रो संगठन जोड्दार माग गर्दछ ।’

प्रतिक्रियाहरु