भूकम्पपीडितका लागि टहरा निर्माण गर्दै माओवादी प्रबक्ता

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडाैँ, २३ जेठ । नेकपा माओवादीका प्रबक्ता प्रकाण्ड सनिबार दिनभरि भक्तपुरकाे नलिनचोकका भूकम्पपीडितका लागि टहरा निर्माण कार्यमा खटिएका छन । प्रबक्ता प्रकाण्ड माओवादीको भूकम्पपीडित उद्दार, राहत र पुनर्निर्माण अभियानकाे दोस्रो चरणको कार्यक्रम अनुसार भक्तपुरकाे नलिनचोकका भूकम्पपीडितका टहरा निर्माण कार्यकाे नेतृत्व गर्दै टहरा निर्माणमा दिनभर खटिएका हुन् । पुनर्निर्माण टोलीको नेतृत्व गर्दै उनी शनिबार जिल्लाको नलिनचोकको जोरपाटीका पीडितलाई बसोबासको लागि टहरा बनाउँन जुटे ।
प्रबक्ता प्रकाण्डले नेतृत्व गरेको समूहले खुला आकाशमा बस्न बाध्य बृद्ध महिला जेठीखत्रीको परिवारलाई अस्थायी रुपमा बस्न मिल्ने टहरा निर्माण गरेको छ । जेठीका छोराको केही वर्ष पहिले निधन भएको र बुहारी कमाइँको लागि विदेश गएकाले बेसाहरा बनेकी थिइन । एकजना नाती र एकजना नातिनीलाई पाल्दै आएकी जेठीको घर बैशाख १२ गतेको भूकम्पले पूर्ण रुपमा ध्वस्त भएको थियो ।
अहिलेसम्म उक्त घरबाट केही पनि निकाल्न नसकेकी जेठी खत्री खुला आकाशमुनी रात बिताइरहेकी थिइन । नेकपा माओवादी भक्तपुरको आयोजनामा यो सँगै यो क्षत्रको एक दर्जन भूकम्पपीडितलाई अस्थायी रुपमा बस्ने मिल्ने घर टहरा निर्माण गरिदिएका छ । निर्माण कार्यमा प्रबक्त प्रकाण्डसँगै पोलिट्व्युरो सदस्य इश्वरी दाहाल, केन्द्रीय सदस्य जिवन्तसहित ७५ जना सहभागी थिए ।

प्रतिक्रियाहरु