वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

२०८१ बैशाख २२ गते, शनिबार


काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो ।काठमाण्डौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्नेछन् ।
उक्त कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समितिसमेत गठन गरिएको छ ।

मन्त्री बज्राचार्यले वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना)मा लेखिएका राखिने बताए । प्रदेश सरकारले भाषा ऐन पारित गरेर राजपत्रमा प्रकाशन गरेपछि २४ गतेबाट ऐनको कार्यान्वयन हुने भएको कारण सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बज्राचार्यले बताए ।

प्रतिक्रियाहरु