राष्ट्रिय सूचना आयोग स्थापना दिवस मनाउँदै

२०८१ बैशाख २२ गते, शनिबार


काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आज विशेष समारोह आयोजना गर्दै स्थापना दिवस मनाउँदैछ । आयोगले दिवसका अवसरमा विभिन्न पुरस्कार वितरण गर्दैछ । शीतल निवासमा हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी र आयोगका उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गर्ने सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले जानकारी दिइन्। आयोगका अनुसार सिराहाका परशुराम साह, पोखराका यदुनाथ बञ्जारा, हेटौंडाका इन्द्रप्रसाद बञ्जारा र सिन्धुपाल्चोक मेलम्चीका आदित्य दाहालले विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार प्राप्त गर्नेछन्।
अछामको पञ्चदेवल विनायक नगरपाालिकाका ललितबहादुर बुढा, सिन्धुलीको घ्याङखेल गाउँपालिकाका किशोरकुमार वाइवा, बागलुङको गलकोट नगरपालिकाका तुलबहादुर विक, दाङको दंगीशरण गाउँपालिकाका टेकबहादुर खत्री र धनकुटा नगरपालिकाका डम्बर रोगुलाई उत्कृष्ट सूचना अधिकारी पुरस्कार प्रदान गर्ने आयोगले जनाएको छ।
हरिहर कार्की, शान्ता न्यौपाने, लक्ष्मण अर्याल र गौरव गुरुङले उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गर्ने आयोगकी प्रवक्ता थापाले जानकारी दिइन्।
संविधानमा व्यवस्था भएको सूचनाको हक प्रवर्धन, संरक्षण र प्रचलनका लागि २०६५ साल वैशाख २२ गते आयोगको स्थापना भएको हो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु