मुख्य समाचार

बामदेवको अभिव्यक्ति हास्यास्पद : प्रकाण्ड

काठमाडौं, ६ भदौ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले दलहरुले गरेको सीमाङ्कनका विरुद्ध सुर्खेत, जुम्ला लगायत देशभर भइरहेका आन्दोलनमा नेकपा माओवादीको सम्लग्नता रहेको भन्नेबारे गृहमन्त्री बामदेव गौतमले दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाएका छन ।प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ती जारी गर्दै गृहमन्त्रीको अभिव्यक्ति षड्यन्त्रपूर्ण र पूर्वाग्रही रहेको बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘देशका गृहमन्त्रीले आफ्नो […]

२०७२ भाद्र ६ गते, आईतवार

एन्ट्यागका घैंटेहरुलाई कहिले होला कारवाही ?

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह भ्रष्टहरुको चङ्गुलमा परेको थप रहस्यहरु खुलेको छ । एन्ट्यागका कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिलगायतको मिलिभगतमा ४१ वटा ल्यापटप, १६ वटा मोटरसाइकल र विभिन्न कार्यक्रमको फर्जी बिल बनाई लाखौँ रकम हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, युएसएआइडीलगायत सम्बद्ध निकायमा उजुरी परिसकेको समाचार यस […]

२०७२ भाद्र ५ गते, शनिबार

प्रहरीसँगको मुठभेडमा मारिए कुमार ‘घैंटे’ (भिडियो सहित )

काठमाडौँ, ३ भदौ। काठमाडौँमा लामो समयदेखी गुण्डागर्दी गर्दै अकुत सम्पति आर्जन गर्दै आएका गुण्डा नाइके कुमार घैंटेकाे प्रहरीकाे गोली लागेर मृत्यु भएकाे छ । राजधानीको सामाखुसीमा प्रहरी र घैंटेबीच गोली हानाहान भएकाे थियाे । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले […]

२०७२ भाद्र ३ गते, बिहीबार

दलितहरु आन्दोलित हुनुको विकल्प छैन : प्रकाण्ड

काठमाडौ, २ भदौ । नेकपा माओवाादीका प्रवक्ता प्रकाण्डले यो संविधानसभाबाट दलितअधिकार सुनिश्चित नहुने प्रष्ट भएकाले दलितहरु आन्दोलित हुनुको विकल्प नभएको बताएका छन् । बुधबार संवाद डबलीमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, केन्द्रीय समितिद्वारा आयोजित “दलित मुक्ति आन्दोलनको चुनौती र आगामी कार्यदिशा” विषयक अन्तरक्रियामा बोल्दै उक्त कुरा बताएका हुन् ।संविधानाको मस्यौदा १६ बुँदे सहमतिबाट नेपाली उत्पिडित […]

२०७२ भाद्र ३ गते, बिहीबार

जुम्ला र सप्तरीमा कर्फ्यू हट्यो

काठमाडौं, २ भदौ । जुम्लामा बिगत तीन दिनदेखि लागेको कर्फ्यू हटेको छ । साथै सप्तरीमा लगाइएको कर्फ्यू हटाइएपनि सवारी साधन भने चलेका छैनन् । हिजो भारदहमा एक जना प्रदर्शनकारीको ज्यान गएपछि सदरमुकाम राजविराज लगायतका ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जाजरकोटमा पनि प्रदर्शन कायमै छ । यसैबीच लगातारको बन्दले धेरै घाटा भएको भन्दै पूर्ण […]

२०७२ भाद्र २ गते, बुधबार

भारदहमा बुधबार विहान ५ बजेसम्म कर्फ्यू

काठमाडौं , १ भदौं । मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको भारदहमा मंगलबार गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।भारदहमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा स्थानीय राजीव राउतको मृत्यु भएको छ । उनको मृत्युपछि थप झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार अपरान्ह ४ बजेदेखि बुधबार विहान ५ बजेसम्म भारदह क्षेत्रमा कर्फ्यु लगाएको […]

२०७२ भाद्र १ गते, मंगलवार

जनस्वयमसेवकका केन्द्रीय संयोजक चलाउनेसहितका कार्यकर्ता रिहा

काठमाडौँ २९ साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भारतराज सुवेदी माथि आक्रमण गरेको भन्दै प्रहरीले पक्राउ गरेका राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय संयोजक तथा नेकपा माओवादीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सहित ४ जनालाई रिहा गरेको छ । आज साझ माओवादी प्रवक्ता खड्ग बहादुर विश्वकर्माको नेतृत्वमा हनुमान ढोका पुगेको माओवादी नेताहरुको टोलीले रिहा गराईएको माओवादीले जनाएको […]

२०७२ श्रावण २९ गते, शुक्रबार

मालपोतका सहायक प्रमुख आचार्यलाई कालोमोसो

काठमाडौँ, २९ साउन । नेकपा माओवादीले विराटनगरमा जिल्ला मालपोत कार्यालयका सहायक प्रमुख कुमार आचार्यलाई कालोमोसो दलेको छ । आचार्यले व्यक्तिगत र संस्थागत रुपमा भ्रष्टाचार गरेको, सेवाग्राहीलाई दुःख दिने गरेकाले चेतावनी स्वरुप कालोमोसो लगाइएको जिल्ला सेक्रेटरी नरेश शर्माले जानकारी दिए । शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सहाकय प्रमुख आचार्यले सेवाग्राहीलाई दुःख दिने, संस्थागत भ्रष्टाचारको भित्रदेखि […]

२०७२ श्रावण २९ गते, शुक्रबार

माओवादीद्वारा गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै प्रर्दशन

काठमाडौँ, २९ साउन । नेकपा माओवादीले आफ्नो गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै बालाजुमा प्रर्दशन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो लगाएको आरोपमा प्रहरीले राष्ट्रिय युवा जनस्वयसेवकका केन्द्रीय संयोजक दिपक चलाउँने, पार्टीका भक्तपुर सेक्रेटरी क्षितिज मल्ललगायत पाँच जनालाई गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो ४ बजेबाट सुरु भएको विरोध प्रर्दशन बालाजु […]

२०७२ श्रावण २९ गते, शुक्रबार

जनस्वयमसेवकका केन्द्रिय संयोजक दिपक चलाउने गिरप्तार

काठमाडौं । नेकपा माओवादी राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय अध्यक्ष उदय चलाउने दिपकलाई प्रहरीले बिहिबार साझ पक्राउ गरेको छ । प्रहरीले हिजो बेलुकी ६ बजे चलाउने सहित उपत्यका संयोजक पूर्णबहादुर रसाईलीलाई पक्राउ गरेको हो । प्रहरीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीमाथि कालोमोसो दलेको आरोपमा पक्राउ गरेको हो । चलाउने पक्राउ परेपछि उनको रिहाईका लागि माओवादीले […]

२०७२ श्रावण २९ गते, शुक्रबार