प्रचण्डले बुझ्छन् मासिक सवा लाख तलब

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कति तलब सुविधा बुझ्छन् भन्ने विषय सबैको चासोको विषय हुनसक्छ। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयबाट प्रमुख प्रतिपक्ष दलका नेताका हैसियतले मासिक रुपमा तलब सुविधा बुझ्दै आएका छन । प्रचण्ड संविधानसभा दोश्रो निर्वाचनमा सिराहा – ५ बाट विजयी भएका थिए। उनि मासिक तलब – ४७ हजार ७ सय ७०, पानी/बिजुली – १ हजार २ सय ४८ ,टेलिफोन – २ हजार , आवास – २३ हजार ५ सय , मसलन्द – २ हजार , पत्रपत्रिका – ३ सय , पेट्रोल – २ सय ३० लिटर प्रति महिना (२५ हजार ७०) *१०९ रुपैँयाका दरले , मबिल – ५ लिटरको (५ हजार) , महङ्गी भत्ता – १ हजार , सबै गरेर प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले मासिक संसद सचिवालय मार्फत १ लाख ७ हजार ८ सय ८८ रुपैँया प्रति महिना बुझ्छन् । प्रचण्डलाई प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले स्वकिय सचिवालय सुविधा उपलब्ध छ। जसमा एक जना उपसचिव, एक जना नायब सुब्बा, दुई हलुका सवारी चालक र एक जना कार्यालय सहयोगी हुनेछन्। उनीहरुलाई तलब सुविधाका लागि सचिवालयले मासिक ८८ हजार ४ सय ९० रुपैँया संसद सचिवालयले दिने गर्दछ। यो रकमबाट उपसचिवले मासिक २७ हजार ३ सय ७० रुपैँया, नायब सुब्बाले १८ हजार ८ सय, ड्राइभरले १४ हजार ६ सय ७० रुपैँया तथा कार्यालय सहयोगीले १२ हजार ९ सय ८० रुपैँया तलब पाउँछन् ।
यसैगरी , संविधानसभाको एकजना सभासदले स्वकीय सचिवालयको खर्च सुविधासहित मासिक झन्डै १ लाख बुझ्ने गर्छन् ।सभासदले विभिन्न शीर्षकमा पाउने रकमसमेत जोड्दा मासिक ९९ हजार ४ सय ८ रुपैयाँ पुग्छ ।सभासदले मासिकरुपमा पाउने पारिश्रमिक तथा सुविधाको विवरण यस्तो छ : पारिश्रमिक ४४,१८०।–,धारा–बिजुली १,२४८।– ,टेलिफोन २,०००।–, आवास ६,५००।–, मसलन्द १,०००।–, पत्रपत्रिका ३००।–, स्वकीय सचिवालय सुविधा २४,४००।–, जम्मा पाउने रकम ९९,४०८।–, योबाहेक एक सभासदले बैठक भत्ताबापत दैनिक दुई सय रुपैयाँ पाउँछन् । संसद तथा संविधानसभाका समितिका बैठक र अधिवेशनमा उपस्थित भएका दिन परिवहन भत्ताबापत १ सय ५० रुपैयाँ पाउनेछन् ।आफ्नो निर्वाचन क्षेत्र वा बासस्थानबाट अधिवेशन वा समितिका बैठकमा भाग लिन आउँदा–जाँदा दुईजनाको भ्रमण खर्च पाउने व्यवस्था रहेको छ । एक कार्यकालमा फर्निचर सुविधाबापत १५ हजार रुपैयाँ पाउँछन् । महंगी भत्ताबापत मासिक १ हजार रुपैयाँ पाउछन् ।

प्रतिक्रियाहरु