जनताको मन जितेपछि मात्र स्वयमसेवा सफल भएको मानिन्छ : विप्लव

२०७२ जेष्ठ ३० गते, शनिबार

काठमाडौँ । ‘भूकम्पीय ध्वंसलाई निर्माण बदलौँ, विपतीलाई सम्बृद्धिको आधार बनाऔँ’ भन्ने नाराका साथ माओवादीले सुरु गरेको उद्धार, राहत र पुनर्निर्माण’ दोस्रो चरणको अभियानको समिक्षा गरेको छ । भूकम्प प्रभावित १७ जिल्लाबाट अभियान सकेर फर्केका नेता कार्यकर्ताको सम्मानको लागि काठमाडौँको चोवारमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । पार्टी महासचिव विप्लवले भूकम्पपीडितको उद्धार,राहत र पुनर्निर्मामा खटेको नेता कार्यकर्तालाइँ धन्यावादसहित प्रशंसापत्र प्रदान गरे । कार्यक्रममा बोल्दै विप्लवले “जनताको मन जितेपछि मात्र स्वयमसेवा सफल भएको मानिन्छ । तपाईहरुको रिर्पोट सुन्दा जनताको मन जित्नुभएको छ । यसको लागि धन्यावाद” भने । जनताको सेवा गर्ने उद्देश्यका साथ भूकम्प प्रभावित जिल्लामा गएकाले आफूहरुसँग जनता खुशी भएको विप्लवले दाबी गरे । सोही कार्यक्रममा महासचिव विप्लवले काँग्रेस, एमाले र एमाओवादीले भूकम्पीय विपतीलाई संसदीय व्यवस्थाको पुर्नस्थाना गर्न लागेको बताए । “जनता भूकम्पीय विपतीमा भएको बेला सत्ता र सत्ता बाहिरका केही राजनीतिक पार्टीहरु आफ्नो पूरानो सत्तालाई बचाउने खेलमा लागेका छन्” उनले भने “उनीहरुबीच भएको १६ बुँदे सहमति त्यही पुरानो सत्तालाई बचाउन भएको छ । यो जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीका हत्या गर्न भएको सहमति हो । यसलाई हामीले खारेज गरेको छौँ ।” सोही कार्यक्रममा बोल्दै विप्लवले प्रचण्डलाई बुझ्न नसक्नु वैद्यको राजनीतिक असफलता भएको बताए । कार्यक्रममा २५ समूहबाट टोली प्रमुखले आफूले उद्धार, राहत र पुनर्निर्माण कार्यको रिर्पोटिङ गरेका थिए ।
नेकपा माओवादीले शनिबारबाट उद्धार, राहत र पुनर्निर्माण अभियानको तेस्रो चरणको कार्यक्रम अनुसार १७ वटै जिल्लमा २५ समूह पठाउँदै छ । पत्येक समूहको एक जना केन्द्रीय सदस्यले नेतृत्व गर्ने बताइएको छ ।

प्रतिक्रियाहरु