पर्यटन

टुरगाइडको पारिश्रमिक बढ्यो

काठमाडौं,८ फागुन । पारिश्रमिक वृद्धि गर्ने विषयमा लामो समयदेखि चल्दै आएको टुरगाइडहरुको विवादको अन्त्य भएको छ ।फेब्रुअरी १४ देखि लागु हुने गरी टुरगाइडहरुको पारिश्रमिक १७ प्रतिशतले वृद्धि भएको छ । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) र नेपाल एसोसिएसन टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्ट) बीच सोमबार गाइडहरुको पारिश्रमिक वृद्धि गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा […]

२०७० फाल्गुन ८ गते, बिहीबार

लुम्बिनीको प्रचार अन्तराष्ट्रियस्तरमा गरिने

काठमाडौ, ७ फाल्गुन । भगवान वुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा उच्च सुरक्षा सर्तकतासहित अन्र्तराष्ट्रियस्तरमा लुम्बिनीको प्रचार प्रसारको पहल सुरु भएको छ । लुम्बिनी बिकास कोषले लुम्बिनी क्षेत्रमा सुरक्षाको प्रत्याभुति दिलाउंन सबै उपाय अबलम्बन गरिएको जनाएको छ । विश्व सम्पदा क्षेत्र लुम्बिनीमा सवल सुरक्षा प्रत्याभुति गरिएकोले अन्र्तराष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबद्र्धनमा यसले निकै सहयोग पुर्‍याउने अपेक्षा कोषले गरेको […]

२०७० फाल्गुन ७ गते, बुधबार

घुम्टेलाई लालीगुँरासको पहाड घोषणा गरिँदै

काठमाडौँ । बागलुङको घुम्टेलाई राष्ट्रिय फूल लालीगुँरासको पहाड घोषणा गर्नेपहल थालेको गलकोट घुम्टे पर्यटन केन्द्रले चैत महिनामा राष्ट्रिय लालीगुँरास उत्सव गर्नु भएको छ । केन्द्रको आयोजनामा चैत २१ र २२ गते गरी दर्ुइ दिनसम्म उत्सव गर्नलागिएको हो । दर्जनौँ प्रजातिका गुराँस पाइने घुम्टेको लेकमा पहिलोपटक गुराँस उत्सव हुने भएको हो । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण […]

२०७० फाल्गुन ३ गते, शनिबार

तलेजुको जीर्णोद्धार रोकियो

काठमाडौँ ,२३ माघ। भक्तपुर तलेजुको देवगृह भत्किने अवस्था पुगेपछि विगत १३ वर्षदेखि सुरु भएको जीर्णोद्धार कार्य अन्तिम चरणमा आएर काठको अभावले रोकिएको छ ।पुरातन्व विभाग र भक्तपुर नगरपालिकाको ५०-५० प्रतिशतको संयुक्त लगानीमा सुरु भएको जीर्णोद्धार कार्य अन्तिम चरणमा आएर काठ अभावले रोकिएको भक्तपुर नगरपालिका सम्पदा शाखाका इन्जिनियर सूर्यभक्त खर्बुजाले जानकारी दिए । जीर्णोद्धारका लागि पहिलो […]

२०७० माघ २३ गते, बिहीबार

आजदेखि चरा महोत्सव

काठमाडौँ , १९ माघ । विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालको प्रचार प्रसार र पर्यटकीय विकासका लागि दुई दिने चरा महोत्सव आयोजना हुने भएको छ । १८औं विश्व सिमसार दिवसको अवसर पारेर आज माघ १९ र भोलि माघ २० गते ताल क्षेत्रमा पहिलो पटक चरा महोत्सव गर्न लागिएको हो । विश्वव्यापी रुपमा सचेतना फैलाउन सन् […]

२०७० माघ १९ गते, आईतवार

पूर्वाञ्चल महोत्सव फागुन १६ देखि

काठमाडौँ । उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघुउद्यम, सूचना तथा प्रविधिको वृहत प्रदर्शनी गर्ने उद्देश्यले आगामी फागुन १६ देखि २६ गतेसम्म १० दिन उदयपुरमा पूर्वाञ्चल क्षेत्रीय महोत्सव आयोजना गर्न लागिएको छ ।त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्यात प्रबद्र्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार निर्यात प्रबद्र्धन केन्द्र तथा […]

२०७० माघ १८ गते, शनिबार

पर्यटकीय स्थलमा सौर्यबत्ती बालिने

काठमाडौं,१८ माघ । उपत्यकाका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुमा लोडसेडिङको समयमा पनि झिलिमिलि बत्ती बल्ने भएको छ । अबको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रका त्यस्ता महत्वपूर्ण स्थानहरुमा एक हजार पाँच सय थान लिड (लाइन इमिटिङ डायड) लाइट सोलार जडान गर्दैछ ।एसियाली विकास बैंक (एडीबी)को ‘रिन्युएबल इनर्जी फर स्ट्रिट लाइटिङ प्रोग्राम कम्पोनेन्ट’ कार्यक्रम अन्तर्गत […]

२०७० माघ १८ गते, शनिबार

माघी औंशी मेलामा भक्तजनको घुइँचो

काठमाडौं, १६ माघ । ऐतिहासिक एवं धार्मिकस्थल त्रिवेणीधाममा आज बिहानैदेखि माघी औंशी मेलामा आउनेको घुइँचो लागेको छ ।नारायणी, स्वर्णभद्रा, पूर्णभद्रा नदीको सङ्गम स्थलको रूपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि माघे औंशीमा स्नान गर्न आउनेको घुइँचो हुने गरेको हो । यसवर्ष नेपालका भन्दा भारतका तीर्थालुहरू त्रिवेणीमा बढी आएका छन् । रूपन्देही, चितवन, पाल्पा, स्याङ्जा, धनुषालगायका जिल्लाबाट […]

२०७० माघ १६ गते, बिहीबार

चरा महोत्सव सुरु

काठमाडौं,१५ माघ । आजदेखि सप्तरीमा १४औँ कोसीटप्पु चरा महोत्सव सुरु गरिएको छ ।चराचुरुङ्गीको संरक्षण र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सो महोत्सव सुरु भएको हो ।‘सिमसार र कृषि अन्तिम साझेदार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको उक्त महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने कोसीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।आरक्षको आयोजनामा सुरु भएको चरा महोत्सव पहिलो […]

२०७० माघ १५ गते, बुधबार

पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला भोलीवाट

काठमाडौं,१५माघ। नेपाल पर्यटन बोर्डले भोलि बिहीबारदेखि झापाको दमकमा तेस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटनको प्रबर्द्धन गरी ग्रामिण क्षेत्रको जीवनस्तर उकास्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला तीन दिनसम्म सञ्चालन हुने छ । पूर्वाञ्चलमा पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसार तथा प्रबर्द्धन गर्ने, होमस्टे पर्यटनको प्रबर्द्धन गर्ने, पर्यटनसँग आवद्ध राष्ट्रिय एवं […]

२०७० माघ १५ गते, बुधबार