पर्यटन

बिस्केट जात्राको तयारी पूरा

काठमाडौ, २६चैत ।भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको सबै तयारी पूरा भएको छ । चैत २७ देखि बैशाख ५ गतेसम्म मनाइने जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै काम सकिएको जात्रा सञ्चालक गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिए । जात्रा सञ्चालनका लागि जात्रा व्यबस्थापन समिति गठन र बिभिन्न […]

२०७० चैत्र २६ गते, बुधबार

पोखरामा अन्तराष्ट्रिय विमान स्थल बन्ने

काठमाडौं,२५ चैत । लामो समय देखि बन्न नसकेको पोखराको छिनेडाडामा रहेको अन्तराष्ट्रिय विमान स्थल बन्ने भएको छ । नागरिक उड्डयन प्राधिकरण र पर्यटन मन्त्रालयले आज पोखरा अन्तराष्ट्रीय बिमानस्थल निर्माण गर्न पछिल्लो संसोधित रकम २१६ मिलियन डलरमा चिनिया कम्पनी CAMCE लाई दिने निर्णय गरेको छ । निर्णयसंगै पोखरामा विमान स्थल बन्ने पक्का भएको हो ।करिब ४० […]

२०७० चैत्र २५ गते, मंगलवार

लालीगुराँस महोत्वस हुँदै

काठमाडौँ । बागलुङ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्टेको लेकमा यही चैत ३० र वैशाख १ गते लालीगुराँस महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धनसँगै राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । […]

२०७० चैत्र २४ गते, सोमबार

चारदिने साइकल यात्रा

काठमाडौँ, २३ चैत । भगवान् बुद्धको जन्म, बुद्धत्व प्राप्ति तथा महापरिनिर्माणको त्रिसंयोग परेको दिनको अवसर पारेर टुर डे लुम्बिनी नामक संस्थाले काठमाडौँबाट बुद्धको जन्मस्थल लुम्बिनीसम्म चारदिने बृहत साइकल यात्रा गर्ने भएको छ ।महाअभियान–राष्ट्र पहिलो, स्वाभिमान नेपाल भन्ने मूल नाराका साथ आयोजना हुने टुर डे लुम्बिनी साइकल ¥यालीको नेतृत्व विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा हुनेछ […]

२०७० चैत्र २३ गते, आईतवार

फेवा महोत्सव चैत २८ देखि

काठमाडौँ । नयाँ वर्ष२०७१ उत्सवका रुपमा मनाउन पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पर्यटकलाई आमन्त्रण गर्दै रमणीय फेवाताल किनारमा महोसत्व गर्ने भएका छन् । पर्यटन, संस्कृति र खाना महोत्सवको नाम दिइएको महोत्सव चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनार पोखरा वसुन्धरा पार्कमा हुनेछ । माछापुच्छे्र, अन्नपूण् हिमशृंखला र तालतलैयाले प्राकृतिक रुपमै रमणीय बनाएको पोखरा उपत्यकामा अवस्थित […]

२०७० चैत्र २२ गते, शनिबार

बन्दीपुर महोत्सव चैत्र २९ देखि

काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पाँच दिनमा ७५ हजार पर्यटक भित्र्याइने भएको छ । ७५ हजार पर्यटक भित्र्याउने उद्देश्यका साथ बन्दिपुर महोत्सव आयोजना हुनेभएको हो । यही चैत्र २९ देखि बैशाख ३ गतेसम्म चल्ने पाँचौं बन्दीपुर महोत्सव तथा राष्ट्रिय साहित्य सम्मेलनका क्रममा त्यतिका संख्यामा पर्यटक भित्र्याउने लक्ष्य लिइएको हो । मंगलबार बन्दीपुरमा पत्रकार सम्मेलन […]

२०७० चैत्र १७ गते, सोमबार

अब र्स्वर्गद्वारी र पाथिभरामा पनि केबलकार

काठमाडौँ । मनकामना केबलकारबाहेक अब देशका थप तीन स्थानका केबलकार सेवा विस्तार गर्ने तयारी भएको छ । हाल गोरखाको मनकामनामा मात्र सञ्चालन हुँदै आएको केबलकार सेवा पोखरा, ताप्लेजुङको पाथिभरा र प्यूठानको र्स्वर्गद्वारीमा विस्तार गर्ने तयारी थालिएको हो । तीनैवटा स्थानमा केबलकार सेवा विस्तारका लागि स्थलगत र्सभेक्षण सम्पन्न भइसकेको छ । हाल चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म […]

२०७० चैत्र १५ गते, शनिबार

पर्यटकलाई सित्तैमा सिमकार्ड!

काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटकलाई मोवाईलको सिमकार्ड निःशुल्क दिने तयारी गरेको छ । नेपाल आएपछि टे«कर्स इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (पदयात्री व्यवस्थापन सूचना प्रणाली टिम्स) कार्ड खरिद गर्ने प्रत्येक पर्यटकलाई एक थान सिमकार्ड निःशुल्क दिन पर्यटन बोर्डले आवश्यक काम अगाडि बढाएको छ ।‘पछिल्लो पटक नेपाल घुम्न आएका जर्मनीका एक पर्यटक हराईरहेका छन् । त्यो घटनाबाट […]

२०७० चैत्र १३ गते, बिहीबार

पर्यटन प्रवर्द्धन गर्न हवाईजहाज सङ्ग्रहालय

काठमाडौं,१३ चैत। पर्यटन प्रबर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले कैलालीको धनगढीमा नेपालकै पहिलो हवाईजहाज सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको छ । कैलाली जिल्ला बेलादेविपुर गाविस घर भई इन्डोनेसियाको लायन एयर विमान कम्पनीमा प्रशिक्षकको रूपमा कार्यरत क्याप्टेन वेद उप्रेतीको पहलमा यो सङ्ग्रहालय सञ्चालनको तयारी सुरु गरिएको हो । सङ्ग्रहालयको तयारीको क्रममा पुरानो जेट विमानका विभिन्न पाटपूर्जाहरू ल्याइपुर्‍याइएको छ […]

२०७० चैत्र १३ गते, बिहीबार

सरकारी खर्चमा कर्मचारीलाई सयर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यक्रमअनुसार निजामती कर्मचारीलाई देशका विभिन्न स्थानमा घुमाउन १ करोड रुपैयाँ विनियोजन गरिएको बताइएको छ । कर्मचारी सँधै काममा व्यस्त रहने भन्दै सरकारले आफ्नै आफ्नै खर्चमा कर्मचारीलाई घुमाउन लागेको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशका विभिन्न २० गन्तव्यमा कर्मचारीलाई घुमाउन कार्यक्रम तयार पारिसकेको छ । […]

२०७० चैत्र ११ गते, मंगलवार