पर्यटन

आजदेखि चरा महोत्सव

काठमाडौँ , १९ माघ । विश्व सिमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालको प्रचार प्रसार र पर्यटकीय विकासका लागि दुई दिने चरा महोत्सव आयोजना हुने भएको छ । १८औं विश्व सिमसार दिवसको अवसर पारेर आज माघ १९ र भोलि माघ २० गते ताल क्षेत्रमा पहिलो पटक चरा महोत्सव गर्न लागिएको हो । विश्वव्यापी रुपमा सचेतना फैलाउन सन् […]

२०७० माघ १९ गते, आईतवार

पूर्वाञ्चल महोत्सव फागुन १६ देखि

काठमाडौँ । उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघुउद्यम, सूचना तथा प्रविधिको वृहत प्रदर्शनी गर्ने उद्देश्यले आगामी फागुन १६ देखि २६ गतेसम्म १० दिन उदयपुरमा पूर्वाञ्चल क्षेत्रीय महोत्सव आयोजना गर्न लागिएको छ ।त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्यात प्रबद्र्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार निर्यात प्रबद्र्धन केन्द्र तथा […]

२०७० माघ १८ गते, शनिबार

पर्यटकीय स्थलमा सौर्यबत्ती बालिने

काठमाडौं,१८ माघ । उपत्यकाका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुमा लोडसेडिङको समयमा पनि झिलिमिलि बत्ती बल्ने भएको छ । अबको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रका त्यस्ता महत्वपूर्ण स्थानहरुमा एक हजार पाँच सय थान लिड (लाइन इमिटिङ डायड) लाइट सोलार जडान गर्दैछ ।एसियाली विकास बैंक (एडीबी)को ‘रिन्युएबल इनर्जी फर स्ट्रिट लाइटिङ प्रोग्राम कम्पोनेन्ट’ कार्यक्रम अन्तर्गत […]

२०७० माघ १८ गते, शनिबार

माघी औंशी मेलामा भक्तजनको घुइँचो

काठमाडौं, १६ माघ । ऐतिहासिक एवं धार्मिकस्थल त्रिवेणीधाममा आज बिहानैदेखि माघी औंशी मेलामा आउनेको घुइँचो लागेको छ ।नारायणी, स्वर्णभद्रा, पूर्णभद्रा नदीको सङ्गम स्थलको रूपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि माघे औंशीमा स्नान गर्न आउनेको घुइँचो हुने गरेको हो । यसवर्ष नेपालका भन्दा भारतका तीर्थालुहरू त्रिवेणीमा बढी आएका छन् । रूपन्देही, चितवन, पाल्पा, स्याङ्जा, धनुषालगायका जिल्लाबाट […]

२०७० माघ १६ गते, बिहीबार

चरा महोत्सव सुरु

काठमाडौं,१५ माघ । आजदेखि सप्तरीमा १४औँ कोसीटप्पु चरा महोत्सव सुरु गरिएको छ ।चराचुरुङ्गीको संरक्षण र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सो महोत्सव सुरु भएको हो ।‘सिमसार र कृषि अन्तिम साझेदार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको उक्त महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने कोसीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।आरक्षको आयोजनामा सुरु भएको चरा महोत्सव पहिलो […]

२०७० माघ १५ गते, बुधबार

पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला भोलीवाट

काठमाडौं,१५माघ। नेपाल पर्यटन बोर्डले भोलि बिहीबारदेखि झापाको दमकमा तेस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटनको प्रबर्द्धन गरी ग्रामिण क्षेत्रको जीवनस्तर उकास्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला तीन दिनसम्म सञ्चालन हुने छ । पूर्वाञ्चलमा पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसार तथा प्रबर्द्धन गर्ने, होमस्टे पर्यटनको प्रबर्द्धन गर्ने, पर्यटनसँग आवद्ध राष्ट्रिय एवं […]

२०७० माघ १५ गते, बुधबार

नेपालमै पहिलो पटक फुर्केहाँस भेटियो

कपिलवस्तुु, १४ माघ। विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा यसवर्ष नेपालमै पहिलो पटक एउटा फुर्केहाँस फेला परेको छ ।विश्वमा सङ्कटापन्न अवस्थामा पुग्न लागेको यो हाँस साइबेरियाबाट आएको चराविज्ञहरूले बताएका छन् । बेटल्याण्ड इन्टरनेशनल र हिमाली प्रकृतिले जगदिशपुरमा दुई दिन लगाएर गरेको चरा गण्ँनामा विश्वमै दुर्लभ मानिएका सारस ४ वटा र भुँडीफोर गरुड ३ वटा भेटिएको […]

२०७० माघ १४ गते, मंगलवार

तिलौराकोटमा ६१ देशका पर्यटक भित्रिए

कपिलवस्तु, १४ माघ । बुद्धस्थल तिलौराकोटमा अहिले सम्म ६१ देशका पर्यटक भित्रिएका छन् । विश्वमै सबैभन्दा सानो भ्याटिकन सिटीदेखि ठूलो चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रसादका रुपमा परिचित छ । सन् २०१३ मा सबैभन्दा बढी श्रीलङ्का र थाईल्याण्डका पर्यटक आएका […]

२०७० माघ १४ गते, मंगलवार

छेची पर्व सम्पन्न

काठमाडौं,माघ १३ – दार्खा गाविसका तामाङ समुदायले ल्होछार संस्कारको रुपमा यसवर्ष पनि छेची पर्व धुमधामसँग मनाए ।छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । माघ ८ गते सुरु भएको यो पर्व पाँचदिनपछि आइतवार राती अबेर म्हेन्दोमाया नाच देखाएपछि सकियो ।छेची पर्वमा लप्सङकर्पो अर्थात गणेश […]

२०७० माघ १३ गते, सोमबार

कृषि, पर्यटन तथा औद्योगिक मेला माघ १५ देखि

काठमाडौँ । ‘कृषि, उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ माघ १५ देखि २३ गतेसम्म धादिङबेसीमा बृहत् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको मेलाको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले जिल्लाको व्यवसायिक तथा […]

२०७० माघ ११ गते, शनिबार