माघी औंशी मेलामा भक्तजनको घुइँचो

२०७० माघ १६ गते, बिहीबार


काठमाडौं, १६ माघ । ऐतिहासिक एवं धार्मिकस्थल त्रिवेणीधाममा आज बिहानैदेखि माघी औंशी मेलामा आउनेको घुइँचो लागेको छ ।नारायणी, स्वर्णभद्रा, पूर्णभद्रा नदीको सङ्गम स्थलको रूपमा रहेको त्रिवेणीमा मोक्ष प्राप्तिका लागि माघे औंशीमा स्नान गर्न आउनेको घुइँचो हुने गरेको हो ।
यसवर्ष नेपालका भन्दा भारतका तीर्थालुहरू त्रिवेणीमा बढी आएका छन् । रूपन्देही, चितवन, पाल्पा, स्याङ्जा, धनुषालगायका जिल्लाबाट तिर्थालुहरू यहाँ आउने गरेका हुन् । बर्सेनि आउने तीर्थालुको व्यवस्थापनका लागि त्रिवेणी गाविसले मेलाको आयोजना गर्ने गरेको गाविस सचिव गोपालप्रसाद भट्टराईले बताए ।
सीता पाताल गएको र लवकुशको जन्मभूमी भएकाले त्रिवेणीलाई हिन्दू धर्मालम्बीहरूले महत्वका साथ हेर्ने गर्दछन् । त्रिवेणीधाममा आउने तीर्थालुको व्यवस्थापनका लागि गण्डक ब्यारेजदेखि गजेन्द्रमोक्षधामसम्म लाइन लागेको छ ।
सुरक्षा व्यवस्थाका निम्ति सशस्त्र प्रहरीहरू खटाइएको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए । मेला व्यवस्थापनका लागि स्थानीयस्तरमा स्वयम्सेवकहरू खटाइएको छ । बाल्मिकी आश्रम आउ÷जाउ गर्न डुङ्गाको व्यवस्थापन गरिएको छ ।नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा रहेको आश्रममा पुग्ने भक्तजनहरूका लागि डुङ्गाको व्यवस्था गरिएको छभगवान विष्णुले हात्ती पानी खान जाँदा गोहीले आक्रमण गर्दा सुदर्शन चक्र प्रहार गरी हात्तीलाई मोक्ष दिलाएको पुराणहरूमा वर्णित छ । यस वर्ष चार लाख तीर्थालुहरू त्रिवेणीमा आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले जानकारी दिए ।बाल्मिकी आश्रम पुग्न भारतीय भूमी प्रयोग गर्नुपर्ने भए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जान नदिएपछि हजारौं तीर्थालु बाल्मिकी आश्रम पुग्न सकेका छैनन् । सवारी प्रयोग गर्न नपाएपछि डुङ्गाको प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु