पर्यटन

अन्तर्राष्ट्रिय मेलामा कृत्रिम सगरमाथा

काठमाडौं ,९ माघ। विराटनगरमा यही माघ ११ गतेदेखि हुने विराट महोत्सव अन्तर्राष्ट्रिय मेलामा दर्शकलाई आकर्षित गर्न आयोजकले विभिन्न उपाय अवलम्बन गरेका छन् । यसभन्दा अगाडिका मेलाभन्दा पृथक बनाउन आयोजक मोरङ व्यापार संघले मेलास्थललाई सिंगारपटार गरिरहेको छ ।दर्शकको ध्यान आकर्षित गराउन आयोजकले सहिद रंगशालामा ४० फिट अग्लो कृत्रिम सगरमाथा निर्माण गरिरहेको छ । उत्पादक र उपभोक्ताबीच […]

२०७० माघ ९ गते, बिहीबार

काभ्रे महोत्सव फागुन १ देखि

काठमाडौँ । आगामी फाल्गुन १ गतेदेखि ११ गतेसम्म काभ्रेको बनेपामा काभ्रे महोत्सव हुने भएको छ । बनेपास्थित काभ्रे कृषि बजार केन्द्रमा हुन लागेको उक्त महोत्सव मध्यमाञ्चल स्तरको हुने मुल आयोजक काभ्रे उद्योग वाणीज्य संघका अध्यक्ष सुर कृष्ण बैद्यले बताए । ‘समग्र मध्यमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, विज्ञान, लघु उद्यम, कृषि, कला, सँस्कृति, शिक्षा, […]

२०७० माघ ५ गते, आईतवार

खिचरा महोत्सव सुरु

चितवन , १ माघ । पूर्वी चितवनको खैरहनी–५ सुल्तानामा पहिलोपटक खिचरा महोत्सव हुँदैछ ।थारू जातिको महान चाड माघीको अवसरमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा महोत्सव हुन लागेको हो ।महोत्सवमा थारू जातिको खानाको परिकारसहितको ६ वटा स्टल रहने छ । महोत्सव आयोजनाका लागि करिब दुई लाख रुपैयाँ खर्च हुँदैछ ।स्टलहरुमा थारू जातिको […]

२०७० माघ १ गते, बुधबार

टुडिखेलमा माघी महोत्सव मनाइने

काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो। करिब १२ लाख खर्च हुने महोत्सवको उद्घाटन मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले गर्नेछन्। महोत्सव […]

२०७० पुष ३० गते, मंगलवार

पोखरा महोत्सव भोलिदेखि

काठमाडौं, २९पौष ।युनाइटेड क्लब पोखराले गर्न लागेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ३० देखि माघ ८ गतेसम्म महोत्सव गरिन लागेको हो । महोत्सवका लागि नौ सय ७५ वटा स्टल बुकिङ भइसकेको बताइएको छ ।महोत्सव अवधिभर दर्शकको मनोरञ्जनका लागि अग्लो चरा ‘अस्ट्रिज’ पनि प्रदर्शनीमा […]

२०७० पुष २९ गते, सोमबार

पर्यटक तान्न पशुपतिमा संगीत सन्ध्या गरिने

काठमाडौं,२७ पुस । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई आकर्षित गर्न रुद्रगाडेस्वरमा प्रत्येक महिनाको १५ तारिखका दिन संगीत सन्ध्या आयोजना गर्ने भएको छ ।9कोषका सदस्यसचिव गोविन्द टन्डनले बेलुका ५ देखि ७ बजेसम्म सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए । सो संगीत सन्ध्यामा सहभागी हुन प्रत्येक पर्यटकले एक हजार रुपैयाँको टिकट किन्नुपर्ने छ ।यस अतिरिक्त आगामी […]

२०७० पुष २७ गते, शनिबार

सुदूरपश्चिम महोत्सव सुरु

कञ्चनपुर, २६ पौष । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग परिसंघको कञ्चनपुर कैलाली च्याप्टरले पहिलो पटक मेलाको आयोजना गरेको हो । सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रर्वद्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । १० दिनसम्म चल्ने मेलामा १ लाख ५० हजार […]

२०७० पुष २६ गते, शुक्रबार

वीरगञ्जमा खाना महोत्सव सुरु

वीरगञ्ज,२५ पुस। तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सांस्कृतिक खाना महोत्सव सुरु भएको छ ।उक्त महोत्सव चार दिनसम्म सञ्चालन हुने छ ।विसिएन इभेन्ट म्यानेजमेन्टद्वारा वीरगन्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा आयोजित उक्त महोत्सवमा भोजपुरी, मैथली, नेवारी र थारु समुदायका सांस्कृतिक झाँकीसहित विभिन्न प्रकारका खाना बिक्रीका लागि राखिने आयोजकले जनाएको […]

२०७० पुष २५ गते, बिहीबार

सुदुरपश्चिम व्यापार मेला पुस २६ देखि

काठमाडौँ । सुदुरपश्चिमको महेन्द्रनगरमा हुने सुदुरपश्चिम व्यापार मेला आगामी २६ गते देखि हुने भएको छ । आन्तरिक उत्पादनलाई प्रवद्धन गर्न र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर-कैलाली च्याप्टरले जनाएको छ । मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक लोकविक्रम थापाले मेलामा १ सय ५० स्टल रहने र १ लाख ५० […]

२०७० पुष १६ गते, मंगलवार

लुम्बिनीमा सडक खाना महोत्सव गरिदै

भैरहवा,१६ पुस। ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नाराकासाथ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु हुँदैछ ।अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर ३१ र जनवरी १ का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन् । गत वर्षबाट लुम्बिनी सडक […]

२०७० पुष १६ गते, मंगलवार