घुम्टेलाई लालीगुँरासको पहाड घोषणा गरिँदै

२०७० फाल्गुन ३ गते, शनिबार


काठमाडौँ । बागलुङको घुम्टेलाई राष्ट्रिय फूल लालीगुँरासको पहाड घोषणा गर्नेपहल थालेको गलकोट घुम्टे पर्यटन केन्द्रले चैत महिनामा राष्ट्रिय लालीगुँरास उत्सव गर्नु भएको छ । केन्द्रको आयोजनामा चैत २१ र २२ गते गरी दर्ुइ दिनसम्म उत्सव गर्नलागिएको हो । दर्जनौँ प्रजातिका गुराँस पाइने घुम्टेको लेकमा पहिलोपटक गुराँस उत्सव हुने भएको हो । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र घुम्टेको पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्यले लालीगुँरास उत्सव गर्नलागिएको केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । केन्द्रको गत वैशाख १ गते घुम्टेको लेकमा बसेको मैत्रीपूण् पर्यटन भेलाले यसै वर्षभत्र गुराँस उत्सव गर्ने निर्ण्र्ाामेत गरेको थियो । समुद्रि सतहदेखि १० हजार ३९४ फिट उचाइमा अवस्थित जिल्लाकै सबैभन्दा अग्लो पहाड घुम्टे लालीगुँरास फूलका लागि समेत प्रख्यात छ । मध्य फागुनबाट फूल्ने गुराँसले घुम्टेलाई सकिँदो वैशाखसम्म पनि राताम्य तुल्याएको हुन्छ । ‘घुम्टेलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ यो वर्षुम्टे पर्यटन वर्षो रुपमा मनाइरहेका छौँ’- केन्द्रका अध्यक्ष बस्नतेले भने- र्’पर्यटन वर्षै अवसर पारेर गुराँस उत्सव गर्नलागेका हौँ ।’ दुइ दिनसम्म चल्ने उत्सवमा मौलिक संस्कृति झल्कने कला, संस्कृति र झाँकीको पर््रदर्शनी, गुराँस संरक्षणसम्बन्धी अन्तरक्रिया, अवलोकन भ्रमण, क्याम्प फायर लगायतका क्रियाकलापहरु गरिने केन्द्रले जनाएको छ । पर्यटन वर्षो अवसर पारेर १० हजार पर्यटक घुम्टेमा पुर्याउने लक्ष्य लिएको केन्द्रले यही फागुनको पहिलो साता राजधानी काठमाडौँदेखि घुम्टेसम्मको साहसिक साइकल यात्राको कार्यक्रम पनि तय गरिसकेको छ । गुराँस उत्सवलाई भव्यता दिनका लागि तयारी अघि बढेको केन्द्रका सचिव राज थापाले जानकारी दिए । उनले घुम्टेको धुरीसम्म जाने चारै मोहडाका पदमार्गहरुलाई ‘गँुरास पथ’का रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरे । स्थानीय सामुदायिक वन उपभोक्ता समिति, स्थानीवासी र सरोकारवालाहरुबीचको समझदारीबाट गत वर्षेखि नै गुराँस संरक्षणको काम पनि अघि बढाइएको छ । जसअनुसार गुँरासको रुख कुनै पनि प्रयोजनका लागि काट्न नपाइने, खाली क्षैत्रमा गुराँसका नयाँ बिरुवा रोप्नेजस्ता कार्यक्रमहरु अघि बढाइएको छ । गुराँस काटेको पाइएमा सम्बन्धित व्यक्ति र संस्थालाई जरिवानासहितको कारबाही गर्न व्यवस्था पनि सामुदायिक वन उपभोक्ता समितिले गरेका छन् । गत वर्षेखि पर्यटन मन्त्रालयअर्न्तर्गत क्षेत्रीय पर्यटन कार्यालय पोखराको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट घुम्टे जाने ६ किलोमिटर दूरीको पदमार्ग पनि निर्माणाधीन अवस्थामा रहेको छ । सदियौँदेखि घुम्टेको धुरीमा रहेका सिद्ध र भैरवका मन्दिरमा पूजाआजा हुँदै आएको छ । हरेक वर्षवैशाखे पूणिर्मा दिन सयौँ भक्तजन घुम्टे चढ्ने र मन्दिरको दर्शन गर्न गर्छन् । पौराणिककालमा पाण्डवहरु बसोबास गरेको भन्ने जनश्रुति पनि सुन्न पाइन्छ । जिल्लाकै अग्लो पहाड भएकाले उक्त स्थानबाट नेपालका हिमाली शृङ्खला र अन्य भू-भागको दृश्यालोकन गर्नसकिन्छ । सयौँ प्रजातिका जडीबुटी, वन्यजन्तु, घनाजङ्गलसम्म चौर, सिमसार क्षेत्र भएको उक्त लेक जिल्लाकै पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु